एमालेबाट आठ नयाँ अनुहार

तस्बिर : प्रदीपराज वन्त/रासस
तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं- नेकपा एमालेका तर्फबाट आज मन्त्री बन्नुभएका दशमध्ये आठ मन्त्री नयाँ अनुहार छन्। उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम र ऊर्जामन्त्री राधा ज्ञवालीबाहेक अन्य आठ जना पहिलो पटक मन्त्री बनेका छन्। पार्टीका केन्द्रीय सदस्य ज्ञवालीले यसअघि डा बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वकालमा १२ दिन सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
यस्तै एमालेले छ गैरसभासद्लाई मन्त्री बनाएको छ। ज्ञवालीसहित पोलिटब्युरो सदस्यद्वय महेन्द्रबहादुर पाण्डे र खगराज अधिकारी, केन्द्रीय सदस्य दलबहादुर राना र केन्द्रीय लेखा आयोगका सदस्य हरिप्रसाद पराजुली र लालबाबु पण्डित सभासद् छैनन्।

उपप्रधानमन्त्री गौतम, पार्टीको संसदीय दलका पूर्व प्रमुख सचेतक भीमप्रसाद आचार्य तथा केन्द्रीय सदस्य कर्णबहादुर थापा, पुरुषोत्तम पौडेल भने सभासद् हुन्। एमालेको सोमबारको स्थायी कमिटीको बैठकले शीर्ष नेतासँगको परामर्शमा मन्त्रीको अन्तिम सूची बनाउने जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिएको थियो। रासस

Leave a Reply

Your email address will not be published.