बलियो बलिउड जोडी

Ajay Devgan and Kajoएजेन्सी- बलिउडमा अजय देवगन र काजोलको प्रेमलाई निकै सम्मानका साथ हेर्ने गरिन्छ। अभिनयको क्षेत्रमा विशिष्ट उचाइ बनाएका दुवै कलाकारले ‘अनस्त्रि्कन’ प्रेमलाई ‘अफस्त्रि्कन’ प्रेममा रूपान्तरण गरे। उनीहरूको प्रेम विवाहसम्म पुग्यो। दुई सन्तानसहित उनीहरूको सुखमय दाम्पत्य जीवनलाई बलिउडमा ‘सफल प्रेम’को उदाहरणका रूपमा प्रस्तुत गरिन्छ।
सन् १९९५ मा फिल्म ‘हलचल’मा सँगै काम गर्दाताका अजय र काजोलबीच प्रेम अंकुरित भएको थियो। फिल्ममा मुख्य भूमिकामा उनीहरूले काम गरेका थिए। त्यसअघि फिल्म ‘गुण्डाराज’मा पनि यो जोडीले सँगै काम गरिसकेको थियो। ‘गुण्डाराज’मा जोडी भएर काम गर्दा दुई जना एकअर्काप्रति आकर्षित भइसकेका थिए। यद्यपि, ‘हलचल’को सहकार्यले उनीहरूलाई प्रेमी–प्रेमिकामा बदलिदियो।
बिहेअघि यस जोडीले ‘इश्क’, ‘प्यार तो होना ही था’ र ‘दिल क्या करे’मा सँगै काम गरे। सन् १९९९ फेबु्रअरी २४ मा काजोल र अजयले बिहे गरे। बिहेपछि पनि फिल्ममा सँगै काम गर्ने क्रमलाई उनीहरूले रोकेनन्। बिहे भएको एक वर्षपछि उनीहरूको फिल्म ‘राजु चाचा’ सार्वजनिक भयो। फिल्मलाई धेरैले मन पराए। त्यसपछि सन् २००८ मा काजोल र अजय ‘यू, मी और हम’ र ‘हाल ए दिल’ गरी दुई फिल्ममा ‘लिडिङ जोडी’ भएर देखा परे। छोरी न्यासा र छोरा युगसहितको चारजनाको परिवार सुखी छ।
उनीहरूको जोडी बलिउडको स्थिर र उत्तम जोडीका रूपमा परिचित छ। दुवैले सार्वजनिक रूपमा एकअर्काप्रति कहिल्यै रुखो बोलेका छैनन्। बिहेपछि अजयसँगै फिल्म ‘राजु चाचा’मा काजोल झुल्किए पनि त्यसपछि वषर्ौैंसम्म उनी ‘अनस्त्रि्कन’ देखा परिनन्। अजयले काम गर्न नदिएकाले काजोलले फिल्म खेल्न नपाएको चर्चा त्यतिबेला चलेको थियो। तर, काजोल स्वयम्ले यसलाई अफवाहको संज्ञा दिएपछि यो हल्ला यत्तिकै तुहियो। असल आमा बन्न आफूले सार्वजनिक जीवनमा खर्चिने समयलाई घरमा खर्चिएको काजोलले बताइन्।
यसबीच उनीहरूको प्रेम र वैवाहिक जीवनलाई धरापमा पार्ने केही हल्ला पनि नचलेका होइनन्। अजयले अर्कै युवतीसँग विवाहेतर सम्बन्ध राखेको चर्चा पनि चलेको थियो। सञ्चारमाध्यमले यससम्बन्धी समाचार प्रसारणसमेत गरे। तर, हल्लाको पछाडि दौडिनुको सट्टा जिम्मेवार भएर उनीहरूले आपसी सन्देह मेटाउने बाटो रोजे। यसले गर्दा बाहिरको हल्लाले उनीहरूको गृहस्थीलाई चर्काउन त के, हल्लाउन पनि सकेन।
विवाहलगत्तै अजयले होम प्रोडक्सन कम्पनी स्थापना गरेर आफूलाई फिल्म निर्देशन र निर्माणमा होमे। काजोलले यसमा सक्दो सहयोग गरिन्। होम प्रोडक्सनका फिल्ममा अभिनय गर्नेदेखि अन्य व्यवस्थापकीय काममा समेत अजयले काजोलबाट मनग्गे सहयोग पाए। यसले उनीहरूलाई आर्थिक रूपमा अझ सबल बनायो। होम प्रोडक्सनका फिल्ममा बाहेक उनले निर्देशक करन जौहरको फिल्म ‘माई नेम इज खान’मा बलिउड स्टार शाहरूख खानको जोडी भएर काम गरिन्। फिल्मले लामो अन्तरालपछि पुनः चर्चाको चुलीमा चढायो।
बिहेपछि सँगै काम गर्न लाग्दा सञ्चारकर्मीले ‘कस्तो महसुस भइरहेको छ’ भनी गरेको प्रश्नको जवाफमा अजयले भनेका थिए, ‘एकदमै रमाइलो लागिरेको छ। काजोलसँग काम गर्दा नरमाइलो हुने प्रश्नै आउँदैन नि! ऊ मेरो बेस्ट ‘को–एक्टर’ हो। बिहेपछि पुनः सँगै क्यामेरा फेस गर्दा गद्गद् भएको छु।’
अजय र काजोल दुवै सहभागी एक कार्यक्रममा ‘तपाईंहरूको उदाहरणीय दाम्पत्य जीवनको रहस्य के हो’ भन्ने जिज्ञासा राख्दा जवाफमा काजोलले भनेकी थिइन्, ‘म अलिक बोलक्कड र चुलबुले टाइपकी छु। अजय शान्त स्वभावका छन्।’ काजोलको कुरामा सही थप्दै अजयले भनेका थिए, ‘एक जना बोल्न रुचाउने र अर्को सुन्न रुचाउने भयो भने दाम्पत्य जीवन सुखमय हुँदो रहेछ।’

Leave a Reply

Your email address will not be published.