काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेतामा पार्टी सभापति सुशील कोइराला निर्वाचित भएका छन्। सभापति कोइरालाले कूल १ सय ५ मत ल्याउँदै निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी वरिष्ठ नेता शेरबहादुर देउवाले ८९ मतमात्र पाए। सभापति कोइराला र नेता देउवाको मतअन्तर १६ रहेको निर्वाचन समितिका संयोजक र पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए।
संसदीय दलका नेता चुनिएपछि नेता कोइरालाले लोकतान्त्रिक पद्धतिबाट मतदान सम्पन्न भएको प्रतिक्रिया दिँदै पार्टीलाई आफूले एकता, सहमति र सहकार्यको प्रक्रियाबाट एकढिक्का बनाएर लैजाने बताए। बिहान ९ बजे विद्युतीय मेसिनबाट मतदान प्रक्रिया सुरु भए पनि सो मेसिनमा खराबी आएर दुई घण्टा मतदानको प्रक्रिया ढिलो हुन पुगेको थियो। मतदान साढे १० बजे सुरु भएको थियो।
कांग्रेसको प्रत्यक्ष र समानुपातिक सबै अर्थात् १९४ सभासद्ले संसदीय दलको चुनावमा भाग लिएका थिए।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर