मुलुकका विभिन्न भागबाट उपत्यकामा बस्दै आएका थारु समुदायले बुधबार राजधानीको टुँडिखेलमा माघी पर्व मनाएका छन्। परम्परागत पोसाकमा सजिएर आएका उनीहरुले एकै थलोमा नाँच–गाँन र खानपिन गर्दै रमाइलो गरे। थारु कल्याणकारिणी सभा उपत्यका समिति र विभिन्न थारु संघसंस्थाको पहलमा महोत्सवको आयोजना भएको हो। महोत्सवको उद्घाकटन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले गरे। थारु संस्कृति, भेषभुषा, बाजा–गाजासहित विभिन्न झाँकीमा आएका उनीहरुले टुँडिखेलको माहौल रङ्गिन बनाए। परम्परागत थारु नाँचगानसँगै महोत्सवमा राखिएका खानाका स्टलले सबैको ध्यान खिच्यो। थारु समुदायको बसोबास रहेको तराईका विभिन्न जिल्लाबाट उनीहरुको परिकारसहितके स्टल थियो।
घोङ्गी, केकरा, ढिक्री, लड्डुसँगै विभिन्न मासुका परिकार थिए। परम्परागत पोसाकमा सजिएका थारु महिलाले थारु परिकार बेच्दै गरेको दृश्य निक्कै रमाइलो थियो। थारु समुदायसँगै अन्य समुदायले पनि घोङ्गी, केकरालगायतका थारु परिकार रमाइलो मान्दै चाखे। थारुको नयाँ वर्षका रुपमा रहेको माघी पर्वमा थारुहरुले सार्वजनिक विदा माग गरेपछि सरकारले माघेसंक्रान्तिका दिन ०६४ सालदेखि सार्वजनिक विदा दिँदै आएको छ।
महोत्सवमा हरेक साल करिब ३० हजार थारुले सक्रियतापूर्वक भाग लिने गरेको आयोजक समितिले जनाएको छ। मूल आयोजक समितिका संयोजक सत्यनारायण चौधरीका अनुसार यस वर्षको महोत्सवमा ८० स्टल रहेको जनाए। स्टलमा थारुको हस्तकला झल्किने थारु सामग्री, विभिन्न थारु खानाका पाकवान, थारु संस्कृति झल्काउने खालका थारु पहिरनका सामग्री एवं थारुको इतिहास झल्कने विभिन्न पुस्तक, पम्पलेट, पर्चा तथा पत्रपत्रिका स्टलमा राखिएको छ।
यी तस्बिरहरु हेर्दा थारु समुदायको प्रगतिको लागि थरुनीहरु नै अगाडि रहेको सत्य साबित हुन्छ । थारुहरु सबै बिदेस तिर लागेर हो कि ?
थारु संस्कृतिको जगेर्ना गर्ने काममा थारु जन्नी (महिला) अगाडि छन् । थारु (पुरुष) बिदेश गएर हैन आफ्नो भेषभूषा नलगाएर यस्तो भाको हो । त्यसैले थारु नारीहरुलाई सलाम छ ।
थारु पुरुष ले थारु पोसाक लगाउदैन त्यै भएर मन्च उदास देखिएको छ। अध्यक्षले मात्रा थारु पोसाक लाएको देखिन्छ
nice dance keep it of guys realy i enjoy it
Glad to see the tharu dance in tharu costume!!! It was engergetic too. But how would it be if we focus on the orginal cultural dance like Jhumra, Shakhiya and so on! Thanks for your support in the campaign for saving tharu culture….