कतारमा तिलकराम चौधरीले जिते सर्वोत्कृष्ट कामदार अवार्ड

कतार- दोहास्थित अल एवल टे्रडिङ एण्ड कन्ट्रयाक्टिङ्ग कम्पनीमा कार्यरत पाँच सय कर्मचारीमध्ये नेपाली कामदार सर्वोत्कृष्ट भएका छन् । कार्यक्रममा नेपाली दूतावासका द्धितीय सचिव हरिहरकान्त पौडेलले नेपाली कामदार तिलकराम चौधरीलाई वर्षकै सर्वोत्कृष्ट कर्मचारीको रुपमा पुरस्कार प्रदान गरेका थिए ।
अल एवल कल्याणकारी समूहको स्थापना दिवस एवं नयाँ वर्ष २०१४ को अवसरमा अवार्ड घोषणा गरिएको हो । वर्षभरि उत्कृष्ट सेवा गर्ने अन्य कर्मचारीलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो । जिनु थोमस, शादिकली, मजियास ईके, मोहम्द जासिमलगायतले सो पुरस्कार हात पारेका थिए । दिनेश अधिकारी, उदयराज गौतम, ओमप्रसाद गुनी र रविचन्द्र्र चामागुइँ कम्पनीमा लामो समय सेवा गरेकोमा सम्मानित भएका थिए ।

कम्पनीमा सात देशका पाँच सयभन्दा बढी कामदार कार्यरत छन् । कार्यक्रममा कामदारहरुले कलात्मक प्रस्तुती दिएका थिए ।

यसमा घनश्याम पराजुली संयोजक रहेको ट्राफिक जनचेतना नाटकले पहिलो स्थान पाएको थियो । कार्यक्रमलाई नेपाली, हिन्दी, तमिल, मल्यालम, तथा श्रीलङ्गकन गीत तथा प्रस्तुतीले मनोरन्जनात्मक बनाएको थियो ।
– अनलाइनखबर सभार

Leave a Reply

Your email address will not be published.