सप्तरीका तेजकान्त चौधरी बने पूर्वाञ्चल कराँते च्याम्पियन

नेपालमै पहिलो पटक लुम्बिनीमा हुन गइरहेको क्यूकोसिन फुल कन्ट्याक्ट काइ कराँतेको प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीप प्रतियोगिताको पूर्वाञ्चलस्तरीय खेलाडीहरु छनौट गरिएको छ। सोलुखुम्बुमा सम्पन्न छनोट खेलमा पुरुषतर्फको खुला तौल समूहमा सप्तरीका तेजकान्त चौधरी प्रथम, सुनसरीका कुमार राई दोश्रो र सोलुखुम्बुका अजय किराती तृतिय भएका छन्। पुरुषतर्फको ६० केजी तौल समूहमा सोलुखुम्बुका प्रवेश राई छनौट भएका छन् भने ५० कजी तौल समूहमा भोजपुरका संजय राई पहिलो र ओखलढुङ्गाका रविन श्रेष्ठ दोस्रो भएका छन्।
नेपाल क्यूकोसिन फुल कन्ट्याक्ट काइ कराँते संघ पूर्वाञ्चल र फ्रेण्डसीप युथ क्लब सल्लेरीको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ खुला तौल समूहमा सोलुखुम्बुका सम्झना राई प्रथम र मनिका राई दोस्रो भएका छन् भने ५० कजी तौल समूहमा सोलुखुम्बुकी सीता नेपाली पहिलो र मोरङ्गकी सिर्जना राजवंशी दोस्रो भएका हुन्।
पूर्वाञ्चलका ७ जिल्लाका खेलाडीहरु सहभागि प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने खेलाडीहरुले लुबिम्नीमा हुने प्रथम राष्ट्रिय प्रतियोगितामा सहभागिता हुने अवसर पाउने क्यूकोसिन फुल कन्ट्याक्ट काइ कराँतेका केन्द्रीय महासचिव तथा खेलका मुख्य ज्यूरी रोशन कपालीले बताए।
– भानुभक्ति निरौला/सोलुखुम्बु

Leave a Reply

Your email address will not be published.