सर्वहारीको जीवनी, ब्यक्तित्व र कृतित्वबारे शोध तयार

काठमाडौं- थारू साहित्यमा अग्रणी योगदान पुर्याधएका कृष्णराज सर्वहारीको जीवनी, ब्यक्तित्व र कृतित्वबारे शोध तयार भएको छ। विश्वविद्यालय क्याम्पस, त्रिवि कीर्तिपुरका असलेक कुमार चौधरीले नेपाली केन्द्रिय विभागको स्नातकोत्तर तह दोश्रो बर्षको दशौं पत्रको लागि उक्त शोध तयार गरेका हुन्। उपप्राध्यापक लेखराज खतिवडाको निर्देशनमा तयार पारिएको शोध मंसिर ३० गते स्वीकृत भएको शोधकर्ता चौधरीले बताए। शोधमा सर्वहारीको बाल्य अवस्थादेखि शिक्षादीक्षा, पारिवारिक पृष्ठभूमि, साहित्यलेखन प्रेरणा, पुरस्कार सम्मानलगायतको प्रसंग समेटिएको छ।
सर्वहारीको थारू भाषामा पहिलो उपन्यास फुटल करम (२०५५), पहिलो मुक्तक संग्रह दोसर घर जाइबेर (२०५६), थारु भाषामा पहिलो हाइकु संग्रह समयका उच्छवासहरु (२०५९) थारू भाषाको पहिलो लोककथा संग्रह मामा भान्जा (२०६०), थारू भाषाको पहिलो बालकथा संग्रह सुख्ली (२०६२), थारू भाषाको पहिला बालकविता संग्रह जोन्हू मामा (२०६३) तथा थारू भाषाको पहिलो हाँस्य ब्यग्ंय सगं्रह ढों ढों पों पों (२०६८) प्रकाशित छ।KRISHNA SARBAHARI PHOTO.doc
उनका अन्य प्रकाशित पुस्तकमा गन्तव्य (मुक्त कमैया सम्बन्धी उपन्यास, २०५९), बिब्लियोग्राफी अफ इण्डिजिनियस इथ्निक थारू (२०६३, सहलेखन), शान्तिको खोजीमा बालबालिका (२०६४, द्वन्द्वमा परेका बालबालिकाको सत्यकथा), थारू इन्डिजिनियस नलेज एण्ड प्रेक्टिसेज (सन् २००६, सहलेखन), थारू लोककथा–१, (२०६७), थारू भाषा सिकौं (२०६८, सहलेखन) तथा अनुसन्धानमूलक कृति थारू गुर्वाा र मंत्र ज्ञान (२०६९) हो।
२०६६ सालमा उनका ४ वटा रंगीन सचित्रमय कथा हलो जोत्ने माछा, अनारकलीको अन्तरकथा, तुलारामको चर्तिकला, सत्तलसिंहको कथा प्रकाशित छन्। यी सबै थारू भाषामा समेत प्रकाशित छ। त्यस्तै, छट्टु स्यालको बिहे (बालकथा संग्रह २०६७) प्रकाशित छ भने मैचाको तराई यात्रा बालकथा संग्रह प्रकाशोन्मुख छ। उनले कक्षा १ देखि ५ सम्मको थारू भाषाको पाठ्यपुस्तक पनि लेखेका छन्। थारू भाषामा लील बहादुर क्षेत्रीको बसाइ उपन्यास साझा प्रकाशनबाट छारा शीर्षकमा प्रकाशोन्मुख छ।
नेपाल संस्कृत विश्वविद्यालयबाट विद्याबारिधी गरिरहेका सर्वहारीले संस्कृति मंत्रालयबाट क्षेत्रीय प्रतिभा पुरस्कार (२०६७), साझा प्रकाशनबाट साझा लोकसाहित्य पुरस्कार (२०६७), आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट राष्ट्र मातृभाषा सेवा पुरस्कार (२०६९) लगायत अन्य विभिन्न तथा अन्य सम्मानबाट पुरस्कृत छन्।

Leave a Reply

Your email address will not be published.