बिलीन हुँदै लक्ष्मण थारु

Laxman Tharuसन्तोष दहित- थारु समुदायको अधिकारलाई स्थापित गर्न जातीय पार्टीको रुपमा दर्ता भएको थरुहट तराई पार्टी नेपाल पनि एक हो। ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनपछि थरुहट स्वायत्त प्रदेश नाम दिएर थारु जातिको अधिकारलाई स्थापित गर्नको लागि नेपालको तराईमा रहेका २२ जिल्लमा ०६५/०६६ मा ठूलो आन्दोलन भएको थियो। खासगरी मधेसमा गठन भएका मधेसी दलहरुले थारु समुदायलाई जबरजस्ती मधेसी बनाउन लागेको र तराईका सबै जिल्लालाई एक मधेस एक प्रदेशको माग गरिरहेका बेला थारु समुदायले पनि तराईमा कुनै पनि हालतमा एक मधेस एक प्रदेश हुन सक्दैन भनि उसको कडा प्रतिकार गर्नका लागि थरुहट स्वायत्त प्रदेश नामको संगठन खोलरे आन्दोलनको सुरुवात गरिएको थियो। त्यस आन्दोलनको अगुवाई १० वर्षसम्म माओवादीको युद्धमा लागेका तत्कालीन माओवादीको भातृसंगठन राष्ट्रिय थारुवान मुक्ति मोर्चाका महासचिव लक्ष्मण थारुले गरेका थिए।

माओवादीले पनि १० वर्षे युद्धको क्रमम जसरी थारु जातिलाई अधिकार दिने आश्वासन दिएको थियो तर १२ बुँदे शान्ती सम्झौतापछि थारुलाई बेवास्ता गरको आरोप लगाउँदै लक्ष्मण थारुले माओवादीबाट विद्रोह गरेका थिए। यतिसम्म भनेका थिए कि लक्ष्मण थारुले माओवादीका अध्यक्ष प्रचण्डले थारुहरुलाई भर्‍याङमात्र बनाउने काम गरे त्यसको बदलमा अब यिनलाई समाप्त गर्न आफ्नो थरुहट स्वायत्त प्रदेश संगठनल खोलेको कार्यकर्तालाई प्रशिक्षण दिने बेला भन्ने गर्थे। थरुहट स्वयात्त प्रदेश खोल्ने बित्तिकै उनी तराईका सबै जिल्लामा थारुहरुलाई सक्रिय बनाए र थारुहरुको अधिकारलाई स्थापित गर्न आन्दोलनको आरम्भ गरे।

उनले गरेको आन्दोलन सुस्त सुस्त तराईमा ठूलोरुप लियो। महिनौ दिनसम्म आन्दोलन भएको थरुहट आन्दोलनमा थारु कल्याणकारिणी सभाले पनि समर्थन जनाएपछि अधिकांश थारु नेताहरुले थरुहट आन्दोलनमा भाग लिए। आन्दोलनको क्रममा चितवनमा विपिन खडका, कमल चौधरी र दाङ देउखरीमा प्रकाश चौधरी, पारस चौधरी सहिद भए। उनीहरुलाई थरुहट सहिद भनेर पनि घोषणा गरियो। त्यसपछि प्रचण्डको सरकार रहेका बेला थरुहट तराई पार्टी र सरकारबीच छ बुँदे सम्झौता गरी थरुहट आन्दोलन पनि स्थगित गरियो।

त्यसपछि लक्ष्मण थारुलाई थारु समुदायले थारुहरुको नेताको रुपमा सम्मान गरे। थारु समुदायलाई मधेसीबाट बचायो, थारुहरुको अधिकारलाई स्थापित गर्नलाई केही गरे भन्ने प्रशंसा पनि निकै भयो। उनलाई थारु समुदायलाई मात्र नभएर आदिवासी जनजातिलाई समेट्ने गरी क्षेत्रीय स्तरको पार्टी खोल्न अधिकांश थारु नेताहरुले सुझाव दिए। त्यही सुझावअनुसार लक्ष्मण थारुले पार्टी खोल्नका लागिटक पटक गोलमेच सम्मेलन गरे। तर उनले थारु समुदायबाटै सहयोग पाएनन्। कारण थियो, जुन व्यक्तिको विरोधमा थरुहट आन्दोलन यो त्यहि व्यक्तिको वरिपरि घुमेका कारण थारु समुदायका नेता योगन्द्र चौधरी, डिल्लीबहादुर चौधरी, नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष राजकुमार लेखी, थारु कल्याणकारिणी सभाका नेताहरुबाट उनी सहयोग पाएनन्। पछि थारु नेताहरुबीच ठूलो विभाजित भयो।

थारु कल्याणकारिणी सभाका महामन्त्री तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष राजकुमार लेखीले आफ्नो नेतृत्वमा नेपाल नागरिक पार्टी खोले भने योगेन्द्र चौधरीले अर्को र डिल्लीबहादुर चौधरी पुनः नेपाली कांग्रेसमा फर्के। अरु पार्टीका नेताहरु पनि आफ्नो पार्टीमा फर्के। त्यसपछि लक्ष्मण थारुले अन्नततः राजावादीको आरोपमा लोगेका गोपाल दहितलाई लिएर आफ्नो अध्यक्षतामा थरुहट तराई नेपाल पार्टी खोले। पार्टी खोल्ने बित्तिकै थारुले जिल्ला संगठन विस्तार गर्न जिल्ला दौडाहमा लागे। महिनौं दिनसम्म तराईका सबै जिल्लामा संगठन विस्तार पनि गरे।

पछि पुनः जिल्लाका कार्यकर्तालाई प्रशिक्षणको लागि जिल्ला दोदाहमा निस्केका थरुहट तराई पार्टीका अध्यक्ष लक्ष्मण थारु दाङका कार्यक्रतालाई प्रशिक्षण दिन आइपुगेका बेला मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आयोजना गरेको दाङको गढवामा विजय कुमार गच्छदारसँग टीका थाप्न पुगे। आफू मधसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीमा प्रवेश गरेको र थरुहट तराई पार्टीलाई छोडेका घोषणा गरे। यस्तो गरेको देख्दा थरुहट तराई पार्टीका जिल्ला तहका नेता अक्क न बक्क परे। पछि थरुहट तराई पार्टीको प्रशिक्षण कार्यक्रम स्थगित भयो।

त्यसपछि थरुहट तराई पार्टीको अध्यक्षमा कैलालीका भानुराम चौधरीलाई जिम्मेवारी दिइयो। लगत्तै लक्ष्मण थारुलाई कारबाही गरेको एक विज्ञप्ती आयो। यसरी लक्ष्मण थारु कुनै बेला उपेन्द्र यादव त कुनै बेला विजयकुमार गच्छादारको पछि लागेको भन्दै पहिलै नै थारु नेताहरुले थाहा पाइसकाले उनको नेतृत्वम खोलेको पार्टीमा अरु थारु नेता नगएको बताउँछन्।

नभन्दै उनी विजयकुमार गच्छदारको पार्टीमा प्रवेश गरे र मधेसमा विलय भएका छन्। तर उनी लक्ष्मण थारु थरुहट तराई पार्टीबाट मात्र नभएर मधेसी फोरम लोकतान्त्रिकबाट पनि विलय भइसकेका छन्। मंसिर ४ गते भएको संविधान सभाको निर्वाचनमा उनी चौथो भए। कैलालीको सबैभन्दा बढी थारु बाहुल्यता भएको क्षेत्र नं ६ बाट उनी उठेका थिए। पटक पटक पार्टी फेर्ने र हिज मधेरीको विरोधमा आन्दोल गर्ने आज त्यही मधेसीहरुको पुच्छर भएर लागेको भन्दै त्यहाँका जनताले उनलाई चौथो स्थापनमा ल्याई उनको राजनीति नै समाप्त पार्नेगरी सजाय दिए।

सायद उनी जे जस्तो परिस्थतिमा थरुहट तराई पार्टीको अध्यक्ष भएर लागिरहेको भए उनी यति बेला सभासद सदस्य भइसक्थे होला। आखिर उनी आफ्नै कमजोरीले राजनीतिको धरापम परिरहेको प्रस्ट देखिन्छ। अहिले थरुहट तराई पार्टी प्रत्यक्षमा नजितेपनि समानुपातिकबाट २ सिट पाएको छ। कहिले एनजिओ त कहिले राजनीतिको खेती गर्ने गोपाल दहित सभासद्का आकांक्षी भएका छन्। उनी संविधान सभामा थारुहरुको आवाज उठाउलान् या नउठाउलान् तर राजावादीको आरोप लागिरहेका गोपाल दहित थरुहट तराई पार्टीलाई जोगाइराखेकाले केही फल पाएका छन्।

ssantosh851@gmail.com

13 thoughts on “बिलीन हुँदै लक्ष्मण थारु

  1. सन्तोषजीको भनाईमा म सहमत छु । आफ्नो अभियानलाई कायम राखेको भए शायद यतिबेला उनी अझ चर्चामा हुन्थे र सफलता पनि पाउँथे । तर यतिबेला अप्ठ्यारोमा परेका छन् । थरुहटको पहिचान स्थापित गर्ने मान्छे मधेशीको पहिचानलाई स्थापित गर्न पुगेपछि यो अबस्था आएको हो । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले मधेशी शब्द हटाउने बित्तिकै मधेशीहरु त्यसमा अट्न नसक्ने अवस्था छ भने मधेशी शब्द राखिराखे थारुहरु अटाइराख्ने अबस्था रहँदैन ।

  2. सन्तोष जी चिठ्ठा परेर नेता भएकाहरूको यस्तै हुन्छ हविगत, हेर्दै जानुस अझ कतिको हालत यस्तो हुने हो ।

  3. सन्तोष जिको विश्लेषण धेरै राम्रो । यति सानो उमेरमा पनि राजनीतिक विश्लेषण गर्न सक्ने भनेको चानचुने कुरा होइन । र, उहा एउता सक्षम र कुशल पत्रकार पनि हो । उहाले लेखेको विभिन्न खोजिमुलक समाचार, लेख असाध्यै राम्रो हुन्छन् । अझै निखारता जाओस । थारु जातिको आर्थिक, समाजिक, राजनीतिक विकासमा धेरै भन्दा धेरै कलम चलोस सन्तोष जी तपाईको कलम निरन्तर चलिरहोस धेरै धेरै शुभकामना ।

  4. सन्तोष जिको विश्लेषण धेरै राम्रो । यति सानो उमेरमा पनि राजनीतिक विश्लेषण गर्न सक्ने भनेको चानचुने कुरा होइन । र, उहा एउटा सक्षम र कुशल पत्रकार पनि हो । उहाले लेखेको विभिन्न खोजिमुलक समाचार, लेख असाध्यै राम्रो हुन्छन् । अझै निखारता जाओस । थारु जातिको आर्थिक, समाजिक, राजनीतिक विकासमा धेरै भन्दा धेरै कलम चलोस सन्तोष जी तपाईको कलम निरन्तर चलिरहोस धेरै धेरै शुभकामना ।

  5. थारु युवा विश्लेषक तथा सक्षम पत्रकार सन्तोेष दहितले लेखेको यो राजनीतिक विश्ेलषण धेरै राम्रो लाग्यो । थारु नेताहरुकै धुलमुले कारणले बास्तम यो अवस्था आएको हो । अर्को कुरा सन्तोष सरले लेखेको जस्तै लक्ष्मण थारुको राजनीति आफ्नै कारणले धराम पर्दै गएको सहि हो । धन्यवाद सन्तोष जी तपाइले थारु नेताहरुलाई झकझकाउने काम गर्नुभएको छ । तपाई कदर थारु समजाले गर्नुपर्छ ।

  6. हो त युवा विश्लेषक तथा पत्रकार सन्तोष दहितले लेखेको लेख सहि हो । लक्ष्मण थारु मधेशीहरुको पुच्छर नबनेको भए उनि अहिले थारु समुदायको लोकप्रिया नेता बनिसक्थे । पैसाको पछि हिडेपछि यस्तै हो ।

  7. पत्रकारले जे देख्छन तेहि लेख्छन जनताहरुले लाई सहि सन्देश दिने पत्रकार हरुको धर्म नै हो । त्यसैले पत्रकार सन्तोष दहितले जे देखे त्यहि लेखे ।

  8. ho ta , tharu neta harukai karn le nai tharu rajniti dharapma pardai 6a ta. yasma patraka santosh dahit le sasakta kalam chalaunupar6a hai.

  9. धेरै राम्रो लाग्यो यो लेख पढदा । साँच्चै त्यतिवेला थारुहरुको ठुलो आवाज उठाउने लक्ष्मण यतिवेला मधेशीको पछि लाग्नु भनेको आफ्नो खुटटामा बन्चरो हान्नु हो । सन्तोष जी यस्तो विषयमा तपाई थारु नेताहरुलाई लेखेर घचघचाइरहनुपर्छ ।

  10. laxmal tharu le yo lekh padhe ki padhenana yadi padheka 6an bhane bhul gare bhanera puna tharu samudayama aan6an ki.

  11. santosh bhaiko artikal dhrai ramro 6a. lekhdai jau ajhai kalam chalau. tharu samudayako lekhakko rupma matra navara yaota rastiya lekha bana subhakamana.

Leave a Reply

Your email address will not be published.