भाबी प्रधानमन्त्री बन्ने इच्छा छ : गच्छदार

CA_election_sunsari-3इटहरी- मधेसी जनअधिकार फोरम लोकतान्त्रकिका अध्यक्ष विजयकुमार गच्छदार आफू भावि प्रधानमन्त्री बन्ने दावी गरेका छन्। उनले संविधानका लागि प्रतिनिधि छान्न भएको दोस्रो निर्वाचनलले मधेसवादी दलमध्ये आफनो पार्टी ठूलो हुने र कुनै पनि दलको बहुमत नपुग्ने हुदाँ जनताको माग पनि रहेकाले गर्दा आफू भाबी प्रधानमन्त्री हुने जिकिर गरे।

‘मेरो नेतृत्वमा जनताले भावी सरकारको चाहना गरेका छन,’ अध्यक्ष गच्छदारले सुनसरी भलुवाको श्रीनिमावि मतदान केन्द्रमा मंगलबार मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘मेरो नेतृत्वमा सरकार बनाउँन राजनीतिक समीकरण बन्न अपठ्यारो छैन्।’ उनले समीकरण कसरी बन्छ भन्नेबारेमा भने प्रस्ट खुलाएनन्।
‘राजनीतिक संयन्त्रमा आबद्ध चार जनाबीच हाई लभेलको अनडरस्टान्डिङ् छ,’ उनले भने, ‘त्यसले गर्दा पनि मलाई सहज नै छ।’ नेता गच्छदारले नयाँ संविधान सभा निर्वाचन सार्थक र पूर्णतय सफल भएकाले गर्दा छ महिनाभित्र संविधान मस्यौदा तयार गरी एक बर्षभित्रमा संविधान जारी गर्ने बताए।
‘संविधानको ८०–९० प्रतिशत गृहकार्य पूरा भएको छ, केही बुदामा मात्र असहमति थियो,’ उनले भने, ‘संघीयता र सास्कीय स्वरुपबारे सहमत हुनका लागि लामो समय लाग्दैन्।’ उनले मत खसाल्दा अब कुनै पनि हालतमा संविधान बनाउँन सोच्दै मत खसालेको सञ्चारकर्मीलाई सुनाए। मोरङ ७ र सुनसरी ३ बाट उमेदवारी दिएका उनले दुवै क्षेत्रबाट चुनाब जित्ने दावी गरे। फोरम लोकतान्त्रिकले प्रत्यक्ष तर्फ ५० सिट जित्ने दावी गदैं आएपनि मत खसेको आधारमा ३५ सिटसम्म जित्ने दावी गरे। उनले एक मधेस एक प्रदेशप्रति विमत्ती नभएपनि चितवन देखि कञ्चनपुर सम्म थरुहट प्रदेश र चितवन पूर्व तथा मध्य तराईलाई मिलाएर मधेस राज्य बनाउनु उत्तम हुने बताए।

Leave a Reply

Your email address will not be published.