बारा ५ मा उमाकान्त र बलवीरबीच टक्कर

bara-5, umakant, balbir, omprakashबारा- बारा-५ थारु बाहुल्य क्षेत्र मानिन्छ। यस क्षेत्रमा प्रमुख दल तथा साना दलले थारु उम्मेदवारलाइ नै प्रतिस्पर्धामा उत्रिएका छन्। एमाओवादीले तपेश्वर चौधरी, नेपाली कांग्रेसले उमाकान्त चौधरी, नेकपा एमालले बलवीर चौधरी र फोरम लोकतान्त्रिकले ओमप्रकाश चौधरीलाई उम्मेदवार बनाएका छन्। तर विश्लेषकहरु भने उमाकान्त र बलवीरबीच कडा प्रतिस्पर्धा हुने बताउँछन्। स्थानीहरु भने उमाकान्तले गत निर्वाचनमा विजय हुँदा आफ्नो क्षेत्रमा केही विकास नगरेको गुनासो गरे। त्यसैले पनि बलवीरको पक्षमा मतदाता रहेको स्थानीहरुले बताए।
कांग्रेस, एमाले र फोरम लोकतान्त्रिकका उम्मेदवार के भन्छन्:
उमाकान्त चौधरी : नेपाली काँग्रेस
दोस्रोपल्ट जसरी भए पनि नयाँ संविधान निर्माण गर्नका लागि पार्टीले अघि सारेको घोषणा पत्रको साथै क्षेत्रमा रहेका समुदायले माग गरेका विकास निर्माणका कुरालाई मुख्य एजेन्डको रुपमा लिएको छु। यस क्षेत्रबाट विजयी भएदेखि निरन्तर जन्ताको भावनाअनुसार काम गर्दै अएकाले फेरि पनि मलाई जन्ताले विजयी बनाउनेछन्। प्रतिस्पर्धामा एमाले छ।

बलबरि चौधरी : नेकपा एमाले
लोकतान्त्रिक संविधान लेख्न र क्षेत्रमा रहेका आदिवासी जनजाति समुदायको समस्या समाधान गर्ने कुरा मुख्य एजेन्डा रहेको छ। यस क्षेत्रबाट निरन्तर विजयी हुँदै आएका साथीले क्षेत्रको विकास नगरेकाले अधिकांश जन्ता नयाँ अनुहारलाई विजयी बनाउने कुरामा लागेका छन्। मेरो छबि स्वच्छ भएकाले यसपटक जनताले पुरानोको कामप्रति असन्तुष्ट भइ मलाई विजयी बनाउनेछन्। प्रतिस्पर्धामा कांग्रेस छ।

ओमप्रकास चौधरी : फोरम लोकतान्त्रिक
पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधान सभाबाट संविधान निर्माण मुख्य एजेन्डा हो। हाम्रो क्षेत्र थारु समुदायको बहुल्य क्षेत्र हो। म पनि थारु समुदायकै र पार्टीको केन्द्रीय अध्यक्षसमेत थारु नै भएकाले मलाई विजयी बनाउनेछन्।
प्रतिस्पर्धामा एमाले र कांग्रेस छन्।

Leave a Reply

Your email address will not be published.