अविनाश चौधरी, धनगढी- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय कुमार गच्छदारले आफू यो देशको प्रधानमन्त्री बनेरै देखाउने बताएका छन्। बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा उनले एमाओवादी, काङ्ग्रेस र एमाले पार्टी देश चलाउन असफल भइसकेकाले अब मुलुकको नेतृत्व मधेसी पार्टीले गर्ने बताए। ‘तीन ठूला दलले पटक–पटक सरकार गठन गरेर केही गर्न सकेनन्।’ गच्छदारले भने, ‘यिनीहरुले देशको नेतृत्व गर्ने नैतिक जिम्मेवारी गुमाईसकेकाले अबको नेतृत्व नयाँ शक्तिले गर्ने निश्चित छ।’
आगामी संविधान सभाको चुनावमा कुनैपनि पार्टीको बहुमत नआउने गच्छदारले बताए। उनले संविधान सभाको चुनावपछि आफ्नो पार्टी निर्णायक तहमा पुग्ने बताउँदै थपे, ‘विजय कुमार गच्छदार एकदिन यो देशको प्रधानमन्त्री बनेरै देखाउँछ। प्रधानमन्त्री भएन भने राष्ट्रपति पक्कै बन्छु।’
तीन ठूला दलले नै देश बिगारेको आरोप लगाउँदै उनले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि मात्रै मुलुकले निकास पाउने बताए। उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका अध्यक्ष गच्छदारले नयाँ संविधान र दीगो शान्तिका लागि चुनावमात्रै विकल्प रहेको उल्लेख गरे। उनले आफू प्रधानमन्त्री भएपछि एक वर्षभित्रै संविधान बनाउने दाबी गर्दै भने, ‘जनताले चाहेअनुसारको विकास र अधुरा निर्माणका कामलाई म बाहेक कसैले अगाडि बढाउनै सक्दैन।’
भोटका लागि यो क्षेत्रका थारुहरुलाई पुलपुल्याउँदै अध्यक्ष गच्छदारले आफ्नो पार्टीले तराईको चितवनदेखि कञ्चनपुरसम्म थरुहट स्वायत्तः प्रदेश र पूर्वतिर मधेश स्वायत्तः प्रदेश जनतालाई दिने बताए।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर