आइफोन ५ एसले बजारमा तहल्का मचाइरहेको समय तपार्इं यसको उत्पादन खर्च कति भनेर सोध्यो भने के जवाफ दिनुहुन्छ? थाहा छैन या उसको मूल्यको आधाजति उत्पादन खर्च लाग्यो होला भन्ने अनुमान गर्नुहोला। आइफोन ५ एसमा त धेरैजसो फिचर यसका अघिल्ला संस्करणकै निरन्तरता पाएका छन्। मतलब खर्च कम गर्ने मेलो। १६ जिबी क्षमताको आइफोन ५ एस उत्पादन गर्न कुल १ सय ९९ डलर लागेको एक अनुसन्धानले देखाएको छ। अनि बजार मूल्य? ६ सय डलरको हाराहारी। योभन्दा अधिल्लो संस्करण आइफोन ५ को उत्पादन लागत थियो १ सय ९७ डलर। ६४ बिट एप प्रोसेसर र फिंगरप्रिन्ट पहिचान गर्ने सेन्सरका कारण आइफोन ५ एसको लागत मूल्य केही माथि पुगेको थियो।
अब अनुमान गर्नुहोस्, १६ जिबीकै आइफोन ५ सीको लागत मूल्य कति होला। ५ सी आइफोनको सस्तो सेट हो। र, यसको उत्पादनको कुल लागत हो, १ सय ७३ डलर। आइफोन ५ सी प्लास्टिक र्यापिङमा आधारित भएकाले यो अरू भर्सनको तुलनामा सस्तो भएको होे। तर, सस्तो भनिए पनि अपेक्षाकृत रूपमा आइफोनको सस्तो भर्सन आफैँमा महँगो भयो।
सस्तो भनिएको ५ सी भर्सनको मूल्य पनि ५ सय ४९ डलर तोकियो। विभिन्न सेवाप्रदायकसँगको सम्झौतामा भने यी मोबाइल सेट सस्तोमै उपलब्ध हुन्छन्। तर, ग्राहकले किस्ताबन्दीमा पूरै रकम तिर्नुपर्ने हुन्छ। यो मोबाइल चिनियाँ र भारतीय बजारलाई लक्ष्य गरेर तयार पारिएका हुन्। तर,सस्तो सेटको मूल्य महँगो नै हुन पुग्दा अपेक्षा गरेअनुसार बिक्री हुन सकेन, धेरै जनसंख्या भएका देशमा। आइफोन ५ को उत्पादन मूल्यभन्दा सस्तो आइफोन ५ सी को उत्पादन मूल्य कम छ। तर, मूल्य भने आइफोन ५ भन्दा माथिबाट नै सुरु भएको छ। यसले पनि मानिसहरूले उत्पादक एप्पलको आलोचना गरे।
प्रतिस्पर्धी कम्पनीहरूको तीव्र बजार विस्तारमा रहेकाले पनि मानिसहरूले ४ सय डलरको हाराहारीमा आइफोनको नयाँ भर्सन पाइने अपेक्षामा थिए। किनकि, नाफाको मार्जिन एप्पलले कम राखेर व्यापक बिक्री गर्न सक्थ्यो। तर, नाफाको मार्जिन घटाउन उसले चासो दिएन। आइफोन ५ सीको मूल्य अमेरिकी बजारमै पनि कम्तीमा १ सय ३० डलर घट्नुपर्ने विश्लेषकहरूको तर्क छ।
यसै सातामात्र एप्पलले जानकारी गराएअनुसार नयाँ दुई मोडल ९० प्रति बिक्री भइसकेको छ। महँगो भए पनि र भारत र चीनजस्ता देशमा सोचेअनुसार बिक्री नभए पनि एप्पलले अहिलेसम्मकै बढी फलदायी उपलब्धि हासिल गर्यो यो उत्पादनमा। यद्यपि नयाँ मोडलले बजार पिटिरहँदा पनि एप्पललको सेयर बजार भने माथि उकासिन सकेको छैन।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर