हरिकुमार राई, उदयपुर- कटारीबाट आइतबार साँझ घुर्मी जाँदै गरेको एक जिप उदयपुरको सिरीसे गाविस–७ अँधेरीमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका छन्। जिप दुर्घटनामा मृत्यु हुनेमध्ये तीन जनाको सनाखत भएको र बाँकी दुईको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ। मृतक तीन जनामध्ये खोटाङ विजयखर्क– ९ बस्ने वर्ष ७३ का नारायणप्रसाद पोखेरल, खोटाङ बाक्सिला–४ का ३५ वर्षीय बालकुमार खत्री र सुनसरी धरान घर भई उदयपुरको घुर्मी बस्दै आएकी वर्ष २४ की सरिता रानामगर रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख किसनसिंह थापाले बताए।
यस्तै उदयपुर हर्देनी घुर्मीका २३ वर्षीय घमण्ड परियार, वर्ष ६ की भूमिका परियार र वर्ष १४ का राजन परियार गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। घाइते हुने अन्यमा ओखलढुङ्गा सल्लेरी–१ का वर्ष २७ का मोहनबहादुर श्रेष्ठ, सोलुखुम्बु नेचा–८ का वर्ष २६ की पञ्ची सुब्बा, खोटाङ विजयखर्क–४ का वर्ष ७३ की तुलसा खनाल र वर्ष ७१ का नन्दराम खनाल रहेका छन्।
सो दुर्घटनामा उदयपुर कटारीका वर्ष ५१ का खेमराज बस्नेत र हेटौंडाका वर्ष २४ का सरोज राई पनि घाइते भएका छन्। घाइतेमध्ये सबैको अवस्था गम्भीर रहेकाले उनीहरुलाई कटारी अस्पताल उदयपुरमा प्राथमिक उपचार गरी थप उपचारका लागि विराटनगर सिफारिस गरिएको पनि प्रहरीले बताएको छ।
मृतकको शव आज बिहान सिरीसेबाट कटारी अस्पतालमा ल्याएर परीक्षण गरी आफन्तलाई बुझाउने काम भइरहेको प्रहरीले बताएको छ। दुर्घटना भएको ज१ज १७६ नम्बरको उक्त जिप आइतबार साँझ कटारीबाट यात्रुहरु लिएर उदयपुरको घुर्मीतर्फ जाँदै गर्दा सिरीसेमा सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले बताएको छ। जिपका चालक भने फरार रहेकाले खोजी भइरहेको समेत इलाका प्रहरी कार्यालय कटारीले बताएको छ। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर