‘एक मधेस प्रदेश’विरुद्ध ‘तराई बहुप्रदेश अभियान’ थालनी

rajkumar lekhiकाठमाडौं- राष्ट्रिय नागरिक पार्टी केन्द्रीय सचिवालयको आकस्मिक बैठकले तराईमा ‘एक मधेस प्रदेश’ बनाउने षड्यन्त्रकारी योजनालाई पुर्नजिवित गर्ने मधेसवादी नेताहरुको अवधारणाको कडा भर्त्सना गरेको छ। सचिवालयको बैठकले तराईलाई ‘एक मधेस एक प्रदेश’ बनाउने जनविरोधी र षड्यन्त्रकारी योजनाविरुद्ध ‘तराईमा बहुप्रदेश अभियान’ चलाउने निर्णय पनि गरेको छ। अभियानका लागि पार्टी अध्यक्ष राजकुमार लेखीको नेतृत्वमा कविराज राई, राजकुमार रेग्मी र कमल चौधरी रहेको टोली तराईका विभिन्न जिल्लामा खटिने भएको छ।

अभियानका क्रममा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु, बुद्धिजीवी, पत्रकार, अधिकारकर्मी, युवा विद्यार्थी, पेसाकर्मी तथा आम नागरिकहरुसँग भेट गरी बहुप्रदेश अभियानलाई समर्थन गर्न आह्वा्न गरिनेछ।
अभियानको क्रममा भोलि शनिबार बिहान आठ बजे नेपालगञ्जमा पत्रकार सम्मेलन आयोजना गरिनेछ। महेन्द्रवादको नयाँ अवतारका रुपमा देखा परेका आफूलाई मधेसवादी भन्ने केही मधेसी मठाधीस नेताको झुण्डले सम्पूर्ण तराईलाई ‘एक मधेस एक प्रदेश’ बनाएर एकात्मक शासन चलाउने र तराईका जनतालाई पञ्चायतकालमा झैं ठग्ने षड्यन्त्र गरिरहेका छन्। यसविरुद्ध राष्ट्रिय नागरिक पार्टी (नेपाल)ले अभियान चलाउन लागेको हो।
rajkumar status
‘एउटै प्रदेश या थोरै प्रदेश बनाएर तराईमा संघीयताका नाममा एकात्मक शासन चलाउने कतिपय मधेसी मठाधीस नेताहरुको स्वार्थलाई ठूला भनाउँदा दलहरुले पनि घुमाउरो समर्थन गर्दै आआफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्नु चिन्ताको विषय भएको राष्ट्रिय नागरिक पार्टीको ठहर छ,’ जारी विज्ञप्तीमा भनिएको छ।
‘तराईका जनताले अस्विकार गरिसकेको एक प्रदेश या थोरै प्रदेशको अवधारणालाई चुनावको बहानामा पुर्नजिवित गराउने घातक प्रयासप्रति राष्ट्रिय नागरिक पार्टी (नेपाल) कडा विरोध जनाउँछ र यसविरुद्ध तराईका सम्पूर्ण जनतालाई आन्दोलित हुन अपिल गर्छ,’ विज्ञप्तिमा छ, चुनावमा सहभागी नबन्ने तर बहिष्कार पनि नगर्ने भनी पार्टीले गरेको निर्णयलाई जनतामाझ अझ दह्रोसँग लैजाने निर्णय पनि सचिवालय बैठकले गरेको छ।’

Leave a Reply

Your email address will not be published.