बुबाको इच्छा पूरा गर्दै भलिवल खेलाडी सरस्वती

sarswati-3  मुकेश टेंर्रा, धनगढी- राष्ट्रिय महिला भलिबल प्रयोगितामा धनगढीकी सरस्वती चौधरी दुई पटक उत्कृष्ट खेलाडी भइन्। दुबै पटक उनले स्कुटरसमेत पाइन्। सशस्त्र प्रहरीले आयोजना गरेको सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) पहिलो राष्ट्रिय खुला महिला भलिबलमा उत्कृष्ट खेलाडी भएपछि उनले दोस्रो पटक स्कुटर पाइन्। यसअघि ढोरपाटनले आयोजना गरेको महिला डबल्स लिगमा इमर्जिङ खेलाडी बन्दै उनले स्कुटर पाएकी थिइन्।
उत्कृष्ट खेलाडी भएर दसैं मनाउन घर फर्किएकी सरस्वती चौधरीलाई गृहनगर धनगढीमा भव्य स्वागत गरिएयो। उनको लगातारको जीतले उनको परिवारमा हर्ष बढेको छ। सोही अवसरमा सरस्वतीका बुबा शुक्रराजले छिमेकी र आफन्तलाई बोलार भोज खुवाए।
विगत चार महिनादेखि एपिएफ स्पोर्ट क्लबबाट खेलिरहेकी सरस्वतीले आइजिपी कप भलिबलको फाइनलमा स्पाइकबाट २१, ब्लकबाट ७ र सर्भिसबाट १ स्कोर बनाएर आफ्नो टीमलाई उपाधि जिताइन्। सरस्वतीलाई भतिजी नेविका चौधरीले २२ स्कोर थपेर सहयोग गरिन्। sarswati-2
नेविका सरस्वतीभन्दा उमेरले ठूली हुन्। उनले पहिलेदेखि एपिएफ स्पोर्ट क्लबमा खेल्दै आएकी छन्। उनी चार पटकसम्म राष्ट्रिय भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी भइसकेकी छन्।
नेविकाका बुबा विष्णु र सरस्वती दाजुबहिनी हुन्। विष्णुले सुदूरपश्चिमको भलबल टोलीमा २०४२ देखि ०६२ सम्म २० वर्षसम्म राष्ट्रिय र क्षेत्रीय प्रतियोगिता खेलेका थिए। विष्णुका फुपा तथा सरस्वतीका बुबा पनि भलबलिका खेलाडी हुन्। उनले राष्ट्रिय खेलमा सहभागी नभए पनि स्थानीय टिममा भलिबल खेलिरहन्थे।
बुबा बिष्णु र बाजे शुक्रराजले खेलिरहेको देखेर भलिबल खेल्ने प्रेरणा आफूमा आएको नेविकाले बताइन्। बुबा शुक्रराजबाट भलिबल खेल्ने प्रेरणा पाएकी सरस्वतीले भतिजी नेविकासँगै खेलिन्।sarswati-1
हालः नेविका र सरस्वती परिवारमा खुसियाली थपिरहेका छन्। उनीहरुले आफ्ना बुबाको राष्ट्रिय खेलाडी बन्ने सपनालाई पूरा गरिरहेका छन्। ‘आफ्नो कार्यव्यस्ता र परिस्थितिले खेल्न पाएन,’ शुक्रराज भन्छन्, ‘त्यसैले छोरीलाई खेल्न टाँढा पठाएँ। अहिले पढिरहेकी छ र उत्कृष्ट खेलाडी पनि भइ।’
पोखराको फिस्टेल एकेडीमीमा कक्षा ११ पढ्दै गर्दा सरस्वतीले कलेजको तर्फबाट खेलेर ढोरपाटनमा इमर्जिङ खेलाडी भएकी थिइन्। त्यसलगत्तै उनीसँग एपिएफ क्लबले कन्ट्रयाक्ट गरेको छ। १२ पढिरहेकी सरस्वतीले आफ्ना बुबाले भलिबल खेल्न र पढ्न मध्यपश्चिम पठाएर खेलाडी बन्न ठूलो सहयोग गरेको बताइन्।

Leave a Reply

Your email address will not be published.