दाङ २ बाट विजयी हुने शान्ताको दाबी

Santa Chaudharyदाङ- आसन्न संविधान सभाको निर्वाचनमा नेकपा एमालेबाट दाङ क्षेत्र नं. २ बाट उम्मेदवार बनेकी शान्ता चौधरीले आफू भारी मतले विजयी हुने दाबी गरेकी छन्। लक्ष्मीपुरको बेलुवामा कार्यकर्तालाई प्रशिक्षण दिन आएकी चौधरीले सञ्चारकर्मीसमक्ष आफू जित्नेी दाबी गरिन्। उनले बेलुवा एमाओवादीको क्षेत्र भए पनि ८० प्रतिशत जनताले आफूलाई रोजेको बताइन्।
बेलुवाका स्थानीयले शान्तालाई जिताउन जस्तोसुकै तपस्या गर्ने तयार रहेको बताए। ‘शान्ता चौधरीलाई जिताउने हाम्रो प्रयास रहनेछ,’ स्थानीयवासीले भने, ‘शान्ता गरिब जनताको नेतामात्र नभएर विकासप्रेमी भएकाले उहाँलाई जिताउन सिंगो गाँउ लागि परेका छौं।’

Leave a Reply

Your email address will not be published.