उदयपुर- यहाँका एक युवाको साउदी अरवमा कामको सिलसिलामा मृत्यु भएको छ। वैदेशिक रोजगारीको सिलसिलामा एकवर्षअघि साउदी पुगेका त्रियुगा नगरपालिका २ मा स्थायी बासोबास गर्दै आएका सियाराम चौधरीको बिहीबार राति मृत्यु भएको आफन्तजनले जनाएका छन्। राजधानीको कुपण्डोलस्थित अरनीको म्यानपावर कम्पनीमार्फत् साउदी पुगेका ४० वर्षीय चौधरीको सुतेकै ठाउँमा हृदयघातका कारण मृत्यु भएको प्रारम्भिक खबर आएको नातामा साला पनेृ विष्णु श्रेष्ठले बताए। साउदीअरवको रियादस्थित एक कम्पनीमा कार्यरत उनी बिहान उठ्दा अन्तिम श्वास फेरिरहेको साथीहरुले भेटाए पनि उनको मृत्यु भइसकेको बताइएको छ।
सुनसरीको पकली स्थायी घर भएका उनी विगत १५ वर्षयता गाईघाटमै विवाह गरेर बसोबास गर्दै आएका थिए। १६ वर्षीय एक छोरा र १४ वर्षीया एक छोरीका पिता उनको मृत्युको खबरले बेहोस भएकी श्रीमती दूर्गाको स्थानीय त्रियुगा अस्पताल गाईघाटमा उपचार भइरहेको छ।
केही वर्षअघिसम्म हिमाली यातायात व्यवसायी संघमा कार्यरत चौधरी फुटबलका सौखिन खेलाडी थिए। केही वर्षयता जागिर र खेलकुद क्षेत्र छाडेर वैदेशिक रोजगारीमा उनी साउदी गएको आफन्त श्रेष्ठले बताए। उनको शव स्थानीय रियाद अस्पतालमा पोष्टमार्टमका लागि राखिएको र नेपाल भित्र्याउन साउदीस्थित नेपाली दूतावासमा प्रक्रिया अघि बढाइएको पनि श्रेष्ठले बताए।
– महेश्वर चामलिङ राई
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर