सन्तोष दहित, दाङ- विजया दशमीको अवसर पारेर नाचिने ‘सख्या नाच’ थारु गाउँ सुरु भएको छ। दशैं आउन १ महिनाअघि देखि नै नाचिने सख्या नाच पछिल्लो समयमा थारु समुदायले घटस्थापनाको दिनसँगै नाच्ने गर्छन्। ‘सख्या नाच’ गाँउको मटावाको घरमा ४०/५० जना थारु समुदायका अविवाहित थारु महिला र २०/२५ जना थारु पुरुष मादल बजाएर नाच्ने गर्छन्। थारु समुदयको दहित थरको सराद भएको दिनदेखि ‘मन्जौरा’ झाली बजाउने सुरु गर्छन्। कुनै गाँउमा भने दहितको सरादको दिनदेखि ‘सख्या नाच’ नाच्ने गर्दछन्। थारु समुदयाको सख्या नाचमा फुलपातीको दिन रातभरि नसुतिकनै नाच्ने चलन छ।


