‘मदन र जगम्बा-श्री’ पुरस्कार वितरण

Madan Puraskar-2ललितपुर- ‘दमिनी भीर’का लेखक आख्यानकार राजन मुकारुङले आफू पुरस्कृत हुँदा आफ्नो उपन्यासका सबै पात्र पुरस्कृत भएको बताएका छन्। नेपाली साहित्यको सबैभन्दा ठूलो धनराशि रु दुई लाख  नगदसहितको मदन पुरस्कार आज एक औपचारिक समारोहमा ग्रहण गर्दै उनले उपन्यासका पात्रले वास्तविक जीवनमा भोगेका दुःखले जस पाएको प्रतिक्रिया दिए।

‘दमिनी भीर’का मुख्य पात्रहरु लच्छी र धौले कान्छाको भावना, हाङदिमासितको प्रेमिलो सङ्गत, टाइसनको पसल, नवीन र निसानको साहस तथा नाम्देङको भोगाई नै पुरस्कारको लागि योग्य विषयवस्तु बनेको मुकारुङले तर्क राखे।

तीन वर्ष लगाएर लेखिएको उक्त उपन्यासको समयमा सुन्दर गाउँमा बाटो खनिनु, संविधान सभाको चुनाव हुनु र संविधान नबनाई संविधान सभा विघटन हुनुका घटनाक्रम पनि उत्तिकै महत्वपूर्ण भएको उनले उल्लेख गरे।

त्यसबखत ‘जगदम्बा–श्री’ पुरस्कारद्वारा सम्मानित कवि रत्नसम्शेर थापाले रहरले लेख्दै गर्दा आफ्ना रचना मन पराइएपछि अझै सामाजिक विषयमा गीत, कविता लेख्न प्रेरणा मिलेको अनुभव सुनाए। उनले इमान्दारिताको साहित्य सधैँ आत्मियता पाउने र समाज सुधारको बाटोमा पनि टेवा पुर्‍याउने विचार व्यक्त गरे।

‘गोरेटो यो गाउँको’, ‘आँखाको भाका आँखैले’, ‘ए कान्छा ठट्ट्रैमा यो बैँस जानै लाग्यो’ जस्ता चर्चित तथा कर्णप्रिय गीतका रचनाकार ७७ वर्षीय कविवर थापाले पाँच दशकभन्दा बढी नेपाली साहित्यमा पुर्‍याएको योगदानको निम्ति सोही समारोहमा रु २ लाख नगदसहित ‘जगदम्बा–श्री’ सम्मान पाए।

पुरस्कार अर्पण कार्यक्रमका विशेष अतिथि प्राध्यापक डा उपेन्द्रमान मल्लले शुभकामना मन्तव्य दिँदै कवि रत्न शम्सेर थापालाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले हालै मात्र आफ्नो ९५ औँ जन्मोत्सवमा छाप्नुभएको ‘नवयुग’ कविताजस्तो जोशिलो सङ्ज्ञा दिए।

डा मल्लले यस वर्षको मदन पुरस्कार विजेता भोजपुर दिल्पा निवासी ३८ वर्षीय राजन मुकारुङलाई शुभकामनाका लागि त्यहीँका कवि एकराज भुजेलको सदरमुकाम नजिकै दक्षिणपूर्व बग्ने पिखुवा खोलासम्बन्धी कविताका अंश उद्धृत गर्दै प्रशंसा गरे।Madan Puraskar-3

मदन पुरस्कार गुठीका अध्यक्ष कमल दीक्षितका ‘किराँती चेली’ र ‘भात र पानी’ नामक दुई पुस्तकको आजका पुरस्कार विजेताद्वय र विशेष अतिथि डा मल्लले विमोचन गरे।

कार्यक्रममा मदन पुरस्कार गुठीका सदस्य सचिव कुन्द दीक्षितले दुई साताअघि पुरस्कारको घोषणापश्चात सञ्चार माध्यमले समाचार, विश्लेषण, विवेचना र वहसका लागि यसपटक बढी महत्व दिएकोमा सञ्चार माध्यमलाई धन्यवाद दिए।

स्वर्गीय जनरल मदनशम्सेर राणाको स्मृतिमा २०१२ सालमा स्थापना भएको मदन पुरस्कार गुठीले पहिलोपटक २०१४ सालमा ‘हाम्रो संस्कृति’का लागि सत्यमोहन जोशीलाई दिइएको थियो भने २०३१ साल बाहेक हरेक वर्ष उत्कृष्ट साहित्य स्रष्टालाई मदन पुरस्कार दिइँदै आएको छ।
सुरुमा रु ४ हजार पुरस्कार रहेको मदन पुरस्कारको राशि अहिले रु २ लाख छ। मदन पुरस्कार हालसम्म ६९ जनाले प्राप्त गरिसकेका छन्। मदन पुरस्कारका लागि वि.स. २०६९ मा प्रकाशित १११ वटा कृतिका निवेदन प्राप्त भएको बताइएको छ। गत वर्ष अमर न्यौपानेको ‘सेतो धरती’, २०६७ मा झमक घिमिरेको ‘जीवन काँडा कि फूल’का लागि दिइएको थियो।

@)^( sf] dbg k'/:sf/ ljh]tf ?bldgL eL/Úsf n]vs /fhg d'sf?ª / ?hubDaf?>LÚ ;Ddfg kfpg' ePsf slj /Tg;Dz]/ yfkf .   -tl:a/ M cd/ ;'gf/÷/f;;_वि.स. २०४५ देखि ‘जगदम्बा–श्री’ सम्मान कला संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउने एक जना व्यक्तिलाई मदन पुरस्कार वितरण समारोहमै दिइन्छ। उक्त पुरस्कार पहिलोपटक स्वरसम्राट नारायण गोपाललाई दिइएको थियो। रासस
तस्बिर सौजन्य : अमर सुनार/रासस

Leave a Reply

Your email address will not be published.