बेरोजगार भएपछि म्यादी प्रहरीमा लाइन

myadi police at butwal-1
कमला चौधरी, बुटवल- नवजवान युवाहरु बीच बाटोमा स्याँस्याँ र फ्याँफ्याँ गर्दै दौडिरहेका थिए। नजिकै गएर बुझ्दा म्यादी प्रहरीमा भर्ना हुनेको लाम रहेछ। पश्चिम क्षेत्रीय तालिम केन्द्र बुटवल वरिपरिको उनीहरुकै भीडले ओगटिएको थियो। सबैको ध्यान छनौटमा परुँला र जागिर गरुँला भन्ने थियो।

नजिकैको एकजनालाई सोधेँ, ‘यहाँ के का लागि? भैरहवाकी देबी राना बोलिन्, ‘सरकारले सुरक्षा गार्डका लागि सूचना दिएको त्यही फारम भरेर, देखिन आएको। छोटो समयमा राम्रो तलब/ भत्ता पाइन्छ भनेर सुनेकी थिए।”
उनीमात्रै हैन, अर्का जवान रुपन्देही मर्चवार असुरैनाका फुलचन्द्र केवट पनि यही आश लिएर छनौटका लागि आवेदन दिएका थिए। उनी भन्छन्,  ‘खेती किसानी गर्छु, साथीभाइसँग सुनेको थिए, म्यादी प्रहरीमा भर्ना खुलेछ फारम भर ,राम्रो पैसा दिन्छ। त्यसैले आएँ। नेपाल सरकारको जागिर पनि खुबै खान मन लागेर आएको हो। भाग्यले परिएछ भने खुसी हुन्छु।’
कोही लाईनमा उभिरहेका थिए भने कोही दौडिरहेका थिए।तालिम केन्द्रको वरिपरि युवायुवतीहरुको अनुहार उत्साहजनक थियो। पालो कुर्दै बसिरहेका थुप्रै युवाहरु देखिन्थे। यहाँसम्म कि गृहिणी महिलाको पनि उत्तिकै सहभागिता देखिन्थ्यो।myadi police at butwal-2
मर्चवार असुरैनाकै चन्द्र शेखर मुराव भन्छन्, ‘भूतपूर्व सैनिकलाई बढी मौका दिएको हुनाले यसमा चित्त नबुझेको बताँउछन्। नयाँ भर्नालाई बढी अवसर दिनुपर्ने उनको माग छ।’ आगामी मंसिर ४ का लागि तोकिएको दोस्रो संविधान सभाको निर्वाचनका लागि म्यादी प्रहरीका लागि आवेदन खुलेको हो। लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी मिङमार लामाका अनुसार लुम्बिनी अञ्चलका ६ वटा जिल्लामा ४ हजार ४ सय ८४ प्रहरी आवश्यक परेकोमा झण्डै १७ हजारले आवेदन दिएका छन्। रुपन्देही र अर्घाखाची, नवलपरासी र कपिलवस्तु, पाल्पा र गुल्मीमा छनौट प्रक्रिया भइसको छ।
प्रहरीले असोज ४ गतेदेखि १५ गतेसम्म समयावधि तकेर भर्ना प्रत्रिया अगाडि बढाएको थियो। रुपन्देहीको तुलना हर्ने हो भने १ हजार २ सय ४३ जनाले म्यादी प्रहरीमा आवश्यक परेकोमा ४ हजार ७ सय ६ जनाले आवेदन दिएको रुपन्देही प्रहरीले जनाएको छ। निर्वाचनलाई लक्षित गरी लगभग २ महिनाको कार्य अवधिका लागि म्यादी प्रहरीमा भर्ना लिईएको एसएसपी लामाले बताए।myadi police at butwal-3
सुरक्षित तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि म्यादी प्रहरी आवदेन खुलाएको लामाले बताए। नेपालमा जतिपन प्रहरी जवान छन्, संख्या अपुग भएकाले थप म्यादी प्रहरीको आवश्यकता भएकाले भर्ना अभियान राखिएको हो। निर्वाचन अवधिसम्म म्यादी प्रहरीले अन्य प्रहरीजस्तै चेकजाच गर्ने, गस्ति गर्ने, भिडभाड मिलाउने, सुरक्षित तरिकाले हेरविचार गर्ने,सुचना जानकारी दिनेलगायतका काम गर्नुपर्ने हुन्छ।
१८ वर्ष उमेरदेखि ५० वर्षका उमेर समुहका व्यक्तिलाई भर्ना प्रक्रियामा भाग लिन पाएका हुन। दरखास्त दिने व्यक्ति फौजदारी अभियोगमा कुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्यता नलिएको, भूतपूर्व सैनिक, नेपाली सेना, सशत्र प्रहरी, महिला, लिखितमा पास, सुरक्षागार्डमा काम गरेकालाई विशेष प्राथमिकता दिइएको एसएसपी लामाले बताए।
लामाका अनुसार यही असोज २३ गतेसम्म नियुक्ति भैसकेको हुन्छ। छनौटमा परेकाहरुलाई प्रहरी जवान सरह तलव भत्ता,रासन र पोसाकको सुविधा मिल्ने छ।

Leave a Reply

Your email address will not be published.