दाङबाट ३१ जना थारु उम्मेदवार

shantaनविन चौधरी, दाङ- मंसिर ४ गते हुने भनिएको संविधान सभा निर्वाचनका लागि दाङका पाँच वटै क्षेत्रबाट ३१ जना थारुहरुको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारी दर्ता गर्ने अन्तिम दिनसम्म निर्वाचन कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका थारु नेताहरुले आफ्नो उम्मेद्वारी दिएका हुन्। दाङमा १ सय १५ जना उम्मेदवारमध्ये ३१ जना थारु नेताहरुको उम्मेदवार परेको हो। उम्मेदवार दर्ता गर्नेहरुमा १५ वटा नयाँ दल छन्।

उम्मेदवारमा दाङ क्षेत्र नं १ बाट सोमप्रसाद चौधरी (नेपाल सद्‍भावना पार्टी), प्रभातकुमारी चौधरी (राष्ट्रिय मधेश समाजवादी), प्रकाशकुमार चौधरी (संघीय समाजवादी नेपाल), पार्वती चौधरी (नेपाली काङ्ग्रेस), नन्दकुमार चौधरी (थरुहट तराई पार्टी), चुडामणी चौधरी (संघीय सद्‍भावना पार्टी नेपाल) कमलनाराण चौधरी (राप्रपा), वीरेन्द्रप्रकाश चौधरी (फोरम लोकतान्त्रिक), माबहादुर चौधरी (माले), सुधिर चौधरी (तमलोपा), सुनिता चौधरी (नेपाल परिवार दल), कुलराज चौधरी (नेपाल आमा पार्टी) मुकेश चौधरी (सद्‍भावाना) लिलाराम चौधरी (संघीय लोकतान्त्रिक मञ्च थरुहट) बाट रहेका छन्।

त्यस्तै दाङ क्षेत्र नं २ बाट शान्ता चौधरी (एमाले), सुशीला चौधरी (काङ्ग्रेस), कोइरालाप्रसाद चौधरी (संघीय समाजवादि), मानबहादुर चौधरी (संघीय सद्‍भावना पार्टी) जोखुराम चौधरी (फोरम) शनिराम चौधरी (थरुहट तराई पार्टी) छन्।

क्षेत्र नं ३ बाट नारायणप्रसाद चौधरी (नेपाल सद्‍भावाना), शालिकराम चौधरी (परिवार दल), तेजबहादुर चौधरी (थरुहट तराई पार्टी), पहलमान चौधरी (फोरम लोकतान्त्रिक) छन्।

त्यस्तै क्षेत्र नं ४ बाट छोटीलाल थारु (राप्रपा), रामजी चौधरी (एनेकपा माओवादी) गणेशकुमार चौधरी (थरुहट तराई पार्टी), कृष्णप्रसाद चौधरी (फोरम गणतान्त्रिक), सम्पति चौधरी (नेकपा), छन्। क्षेत्र नं ५ बाट हिमलाल चौधरी (माले), तेजबहादुर चौधरी (थरुहट तराई पार्टी) छन्।

यसअघि संविधान सभा १ को निर्वाचनमा समानुपातिक तर्फबाट शान्ता चौधरी सभासद्‍मा मनोनयन भएकी थिइन्।

Leave a Reply

Your email address will not be published.