कपिलवस्तुमा तीन दिने सांस्कृतिक मेला

rana tharu, holi-7कपिलवस्तु- थारु सांस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले कपिलवस्तुको गोरुसिंगेमा तीन दिने ‘थारु सांस्कृतिक मेला २०७०’ आयोजना हुने भएको छ। ‘हम्मन संस्कृति हम्मन पहिचान, थारु संस्कृति बचयना हम्मन अभियान’ भन्ने नारासहित हुने मेलामा असोज २० गते रक्तदान कार्यक्रम र २१ ,२२ र २३ गतेसम्म थारु गीत, संगीतका साथै झुमरा, झर्रा, मयुर नाच हुने बताइएको छ। 

महान चाड बडा दशैंको अवसर पारेर थारु उत्थान सामाजिक संस्था कपिलवस्तुले सांस्कृतिक मेला आयोजना गर्न लागेको हो। गोरुसिंगेस्थित गौतमबुद्ध उच्च माविमा हुने सो मेलामा युवालाई लक्षित गर्दै थारु सांस्कृतिक नृत्य प्रतियोगिता कपिलबस्तु र रुपन्देहीबीच थारु गायन प्रतियोगीतासमेत हुने आयोजकले जनाएको छ।
तीन दिने मेलामा सांस्कृतिक कार्यक्रमका साथ साथै भलिबल प्रतियोगितासमेत आयोजना गरिने आयोजक श्रीनिवास चौधरीले बताए।
चौधरीका अनुसार थारु संस्कृतिक मेलामा थारु राष्ट्रिय गायक हरिनाराण थारु, अर्जुन कौशल, रामकुमार कठरीया, नायिका सोनु थारु, श्याम सिटीलगायतको प्रस्तुती रहनेछ।

कार्यक्रममा विद्यार्थी शिक्षक बुद्धिजीवीलाई लक्षित गर्दै ‘के बनी हजारपति’ र थारु खानपान, थारु पत्रिका पुस्तक तथा थारु संग्राहलय को अवलोकन गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published.