सुनसरीका संविधानसभा निर्वाचनका सम्भावित थारु प्रतिस्पर्थीहरु

विराटनगर- नेपाली कांग्रेस सुनसरीले आगामी संविधान सभा निर्वाचनका लागि सुनसरीको छ वटै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवार छान्न प्रत्येक बुथ इकाईबाट सुझाव सङ्कलनको कार्यलाई तीव्रता दिएको छ। पार्टीको अभियानअनुसार प्रत्यक्ष र समानुपातिकका लागि सम्भावित उम्मेदवार कार्यकर्ताहरूको माझबाट लिइन लागेकाले पनि यस पटकको निर्वाचनमा परिणाम राम्रो आउने जिल्ला तहका नेताहरूको दाबी छ।

नेपाली कांग्रेस सुनसरीका अनुसार निर्वाचन क्षेत्र नं.१ मा चन्द्रप्रसाद श्रेष्ठ, मीना सुब्बा, भीष्म काफ्ले, विनोद राई, मिन विश्वकर्मा, हरिनाथ बास्तोला र मदन ढकालको नाम प्रस्ताव भएर आएको छ। निर्वाचन क्षेत्र नं.२ मा बद्री चौधरी, हेमकर्ण पौडेल,राजीव ढुङ्गाना, विजय कटुवाल, दिलकुमारी राई र शिव फागुको नाम प्रस्ताव गरिएको छ।

यस्तै निर्वाचन क्षेत्र नं. ३ मा प्रत्यक्षतर्फ कुमार थापा, हाजी अब्दुल मिया र गोमा पराजुली (अन्सारी) तथा समानुपातिकतर्फ पार्टी सभापति राजीव कोइराला, हरि सापकोटा, गोपाल राजभण्डारी, अगमलाल चौधरी, सत्यनारायण गच्छदार, रामसेवक यादवको नाम प्रस्ताव भएको नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिए।

यसैगरी निर्वाचन क्षेत्र नं.४ मा पार्टी सभापति राजीव कोइराला, सीताराम मेहता, केदार भण्डारी, रामप्रसाद मेहता, रामबहादुर बस्नेत, मोहन मेहता र ज्योति सुब्बाको नाम अगाडि आएको छ भने निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला, ताहिर अन्सारी, ऐयुव अन्सारी, नइम मन्सुरी, रानी खातुन र गफार अन्सारीको नाम उम्मेदवारको पङ्क्तिमा छ।

निर्वाचन क्षेत्र नं.६ मा रामबहादुर बस्नेत, बाबुराम विष्ट, रतनकुमार राई र सानुमैया राउतको नाम निर्वाचनका लागि सिफारिस भएका छन्। गत संविधान सभाको निर्वाचनमा निर्वाचन क्षेत्र नं.१ मा उमा बास्तोला, क्षेत्र नं.२ मा अमरबहादुर गौली, क्षेत्र नं.३ बाट अगमलाल चौधरी, क्षेत्र नं.४ बाट सीताराम मेहता, क्षेत्र नं. ५ बाट नेपाली काँगे्रसकी नेत्री कोइराला र क्षेत्र नं.६ बाट रामबहादुर बस्नेतले प्रत्यक्ष निर्वाचन प्रणालीको उम्मेदवार भएका थिए। निर्वाचनमा नेपाली कांग्रेसका सबै उम्मेदवार झिनो मतान्तरमा पराजित भएका थिए। रासस

Leave a Reply

Your email address will not be published.