युवा स्ट्राइकर विमलको गोलमा नेपाल बराबरी

Bimalकाठमाडौं- युवा स्ट्राइक विमल घर्तिमगरको गोलले नेपाल र पाकिस्तानबीचको खेल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको आठौं साफ च्याम्पियनसीपअन्तर्गतको खेलमा अन्तिम समयमा विमलले गोल गरेका थिए। पाकिस्तानका खेलाडीले १३औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। त्यसलगत्तै नेपालले पाकिस्तानमाथि दबाब दिए पनि गोल गर्न सकेको थिएन। पटकपटक पाकिस्तानी खेलाडीले फल हान्दा रेफ्रीले पहेँलो कार्ड देखाउ बाध्य भएका थिए।

यो जितसँग नेपालको चार अंक पुगेको छ। आजै भारतले बंगलादेशसँग बराबरी खेल्दै चार अंक बटुलेको छ। नेपाल समूह ए को शीर्ष स्थानमा छ। भारतभन्दा नेपालको धेरै गोल भएर नेपाल शीर्ष स्थानमा पुगेको हो। बंगलादेश र पाकिस्तानसँग सामान एक एक अंक छ। नेपालले बिहीबार समूहचरणको अन्तिम खेल भारतसँग खेल्नेछ।

खेलको हाइलाइट हेर्नुस् :

Leave a Reply

Your email address will not be published.