बाली- बाली प्रान्तमा भएको मिस वर्ल्डको उपाधि फिलिपिन्सकी २३ वर्षे मेगन योङले जितेकी छिन्। शनिबार आयोजित कार्यक्रममा गतवर्षकी मिस वर्ल्ड वेन जिया युले ताज पहिराइदिएकी थिइन्। उनी टेलिभिजन प्रस्तोता समेत हुन्। ‘म अहिलेसम्मको उत्कृष्ट मिस वर्ल्ड हुने वाचा गर्छु,’ मिस वर्ल्डको ६३औं संस्करणमा उनले भनिन्। मुश्लिम समुदायको विरोधको कारण कडा सुरक्षाभित्र सम्पन्न मिस वर्ल्डमा फिलिपिन्स, फ्रान्स, गाना, ब्राजिल, स्पेन, ग्रिल्बाल्टर, अष्ट्रिलिया, नेपाल,बेलायत, इण्डोनेसिया र जमैका उत्कृष्ट १० मा परेका थिए। प्रतियोगितामा एक सय २७ देशका प्रतियोगीहरुले सहभागिता जनाएका थिए।
३ हप्ता अवधिभर फिलिपिन्समा रहेका युवतीलाई विभिन्न विधामा मार्किङ गरिएको थियो। प्रतियोगितामा ब्यूटी, ब्रेन, क्षमता र राम्रो कामका आधारमा मार्किङ गरिएको थियो। यसपटक औपचारिक शिक्षा र कम्तीमा पनि ३ भाषामा दक्षतालाई मूख्य छनोटमा राखिएको थियो। मिस फिलिपिन्सले उत्कृष्ट मोडल र ट्यालेन्टको उपाधिसमेत जितेकी थिइन्।
त्यस्तै मिस नेदरल्यान्डकी जैकलिन खेल विधामा उत्कृष्ठ भइन्। बिच ब्युटीको टाइटल भने मिस ब्राजिल र मल्टिमिडियाको उपाधि मिस इन्डिया नवनीत कौर ढिल्लोले जितिन्। मिस नेपाल इशानी श्रेष्ठले व्युटी वुथ पप्रोजको उपाधि जितिन्।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर