चुनावको मिति सर्दैन : गच्छदार

पोखरा- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का  अध्यक्ष विजयकुमार गच्छदारले नेकपा–माओवादी सम्बद्ध मोर्चाले निर्वाचनमा भाग नलिए पनि आगामी मङ्सिर ४ गते हुने संविधान सभाको निर्वाचन नरोकिने बताएका छन्।

फोरम (लोकतान्त्रिक )कास्कीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका गच्छदारले सञ्चारकर्मीसँगको भेटमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र समय पनि अब धेरै नभएकाले चुनावको मिति नसर्ने दृढता व्यक्त गरे। रासस

Leave a Reply

Your email address will not be published.