सरकारले मुक्त कमलरीको औपचारिक घोषणा गर्दै

Freed kamlaris  protest 1काठमाडौं- सरकारले आज कमलरी मुक्त घोषणा गर्दैछ। दिउँसो ३ बजे महिला तथा बालबालिका मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कमलरी मुक्त घोषणा गर्ने मन्त्रालयका सहसचिव उपेन्द्र प्रसाद देवकोटाले बताए। सरकारले असार १३ गते नै मुक्त कमलरी घोषणा गर्ने निर्णय गरिसकेको छ,’ सहचिव देवकोटाले भने, ‘आज पत्रकार सम्मेलन गर्दै औपचारिक जानकारी गराउँदैछौं।’

गत महिना पूर्व कमलरीले गरेको आन्दोलका कारण मुक्त घोषणा गर्न सरकार बाध्य भएको हो। मध्य तथा सुदूरपश्चिमबाट आएका करिब ६५ कमलरीले राजधानी केन्द्रीत आन्दोलन गरेका थिए। सिंहदरवार घेराउ गर्न गएका उनीहरुलाई प्रहरीले दमनसमेत गर्योक। ‘सरकारसँग अधिकार लिन दमन सहनुपर्ने रहेछ,’ मुक्त कमलरी विकास मञ्चका कानुनी सल्लाहकार फकला थारुले भने, ‘त्यही दमनले सरकार कमलरीसामु घुडा टेकेको हो।’ उनले ढिलै भए पनि सरकारले राम्रो काम गरेको बताए। उनले मुक्ति घोषणसँगै सरकारले यो अभियानलाई सशक्त बनाउनुपर्ने बताए। उनका अनुसार अहिले पनि कम्तिमा ११ सय कमलरी मालिकको घरमा दासी जीवन बाँचिरहेको बताए।

असार १३ बसेको मन्त्रिपरिषद् बैठकले मुक्त कमलरीको घोषणा गर्दै आवश्येक कार्यक्रम सञ्चालन गर्ने तथा कमलरी राखेबापल लिइएको ऋण मिनाहा भएको निर्णय गरेको थियो।
वि सं १९६२ को औंलो उन्मुलनसँगै कमैया र कमलरी प्रथा सुरु भएको मानिन्छ। १३ वर्षअघि सरकार मुक्त कमैया घोषणा गरिसकेको छ।

Leave a Reply

Your email address will not be published.