उत्कृष्ट खेलाडीको मनोनयनमा तिलक र भरत

Tilakram Tharu and Bharat Khawasकाठमाडौं- एथलेटिक्सका तिलकराम थारु र फुटबलका भरत खवास पल्सर स्पोर्ट्स अवार्ड २०६९ को पुरुषतर्फ उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन्। उनीहरुसँगै क्रिकेटका पारस खड्का, क्रिकेटकै बसन्त रेग्मी र कारतेका सुनिल लामा मनोनयनमा परेका हुन्। असार १८ गते हुने पल्सर अवार्ड समारोहमा विभिन्न ८ विधामा अवार्ड वितरण हुने खेलकुद मञ्चले जनाएको छ। यो वर्ष आयोजना हुने स्पोर्ट्स अवार्डमा समावेश हुने आठ विधामध्ये वर्षको चर्चित खेलाडी विधाको मनोनयन यसअघि नै सार्वजनिक गरिसकेको छ। वर्षको उत्कृट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी र उत्कृष्ट प्रशिक्षकको मनोनयन छन्। स्पेशल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र उत्कृष्ट पारा एथलिटको घोषणा कार्यक्रमकै दिन सार्वजनिक गर्ने मञ्चले जनाएको छ।

को हुन तिलक र भरत
तिलकराम थारु, एथ्लेटिक्स
लन्डन ओलम्पिकमा ब्यक्तिगत प्रदर्शनमा सुधार। घरेलु प्रतियोगीतामा अपराजित, ब्यक्तिगत ६ स्वर्ण। दोस्रो गोल्डेन स्प्रिन्ट मिटमै २ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तीमान।
भरत खवास, फुटबल
एएफसी च्यालेञ्जकप छनोटमा नर्दन मारियाना आइल्यान्डविरुद्धको खेलमा ह्याट्रिक। अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने चौथो नेपाली। एएफसी यु–२२ एसियाकप छनोटमा नेपाली टिलोको नेतृत्व। आर्मीका लागि घरेलु लिगमा एक दर्जन गोल। सहिद स्मारक लिग ‘ए’ डिभिजनमा उत्कृष्ट फरवार्ड।

वर्षको उत्कृष्ट खेलाडी (पुरुष)
पारस खड्का क्रिकेट, बसन्त रेग्मी क्रिकेट, तिलकराम थारु एथ्लेटिक्स, भरत खवास फुटबल, सुनिल लामा कराते

वर्षको उत्कृष्ट खेलाडी (महिला)
गंगादेवी अधिकारी कराते, अनु लामा फुटबल, झरना गुरुङ उसु, जमुना गुरुङ फुटबल, श्रेया धिताल पौडी
वर्षको उत्कृष्ट खेलाडी (युवा)
शिरिष गुरुङ पौडी, चाहना बम्जन लामा उसु, आकास बिष्ट क्रिकेट, निरु थापा फुटबल, रत्नजीत तामाङ ब्याडमिन्टन
वर्षको उत्कृष्ट प्रशिक्षक
पुबुदु दासानायके क्रिकेट, युवराज गुरुङ उसु, अकवर शाह कराते, वाङ्देन लामा पौडी, नरबहादुर शाही एथलेटिक्स।

पपुलर प्लेयर अफ द इयरमा पारस खड्का, शिरिष गुरुङ, केशरी चौधरी, झरना गुरुङ र जगजीत श्रेष्ठ मनोनयनमा परेका छन्।

Leave a Reply

Your email address will not be published.