बर्दियाली थारु विकास मञ्चमा सीताराम

bardiyali tharu bikash manch-3काठमाडौं- बर्दियाली थारु विकास मञ्च नेपालको पाँचौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले सीताराम चौधरीको नेतृत्वमा १७ सदसीय कार्यसमिति चयन गरेको हो। अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सन्जु चौधरी, उपाध्यक्षमा भीम चौधरी, महासचिवमा निराजन चौधरी, सचिवमा अंशुमान बखरिया उल्टहुवा थारु र कोषाध्यक्षमा आशा चौधरी चयन भएका छन्।
त्यस्तै सदस्यमा राजु चौधरी, सतिश चौधरी, सरिता चौधरी, निलम अरुणा, रोविन चौधरी, दिनेश चौधरी, खगेन्द्र चौधरी, सुमन चौधरी, विनोद चौधरी, उपेन्द्र चौधरी र सन्दीप चौधरी छन्।

शनिबार राजधानीको पर्यटन बोर्डमा आयोजित उद्‍घाट समारोहमा थारु नेता तथा बुद्धिजीबीको सहभागिता थियो। पछिल्लो समयमा केही नेताहरुले थारुलाई मधेसी बनाउने दुस्प्रयास गरेको बताए। कसैको अगाडि घुँडा नटेक्ने भन्दै नागरिक पार्टीका अध्यक्ष राजकुमार लेखीले त्यस्ताहरुलाई कडा प्रतिकार गर्ने चेतावनी दिए।

समारोहमा थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहित, आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाल, एमाओवादीका पूर्व सभासद् सुकदैया चौधरी, पत्रकार कृष्णराज सर्वाहरी, सत्रुधन चौधरी, सुशील चौधरी, रेणु चौधरी, सुमन थारुलगायतले बर्दियाली थारु विकास मञ्चलाई शुभकामना दिएका थिए।bardiyali tharu bikash manch-2 bardiyali tharu bikash manch-1

Leave a Reply

Your email address will not be published.