बर्दियाका ११ गाविस उच्च जोखिममा

बर्दिया- आइतबार रातिदेखिको अबिरल वर्षाले कर्णाली नदीमा बाढी आएपछि राजापुर क्षेत्रका ११ गाबिस उच्च जोखिममा रहेको भन्दै पूर्व सतर्कताका लागि स्थानीय प्रशासनले आग्रह गरेको छ। मंगलबार बिहान १० बजे कर्णाली नदीमा पानीको सतह १३ मिटर ७० सेन्टिमिटर पुगेको छ।

बाढीको खतरा साढे ९ मिटर भएकाले त्योभन्दा पारो माथि चढिसकेकाले स्थानीय प्रशासनले पूर्व सतर्कताका लागि सर्वसाधरणलाई आग्रह गरेको हो। जिल्ला प्रहरी कार्यालयका एसपी सुरेश बिक्रम शाहले सोमबार राति देखि नै खतरा संकेतभन्दा बाढीको मापन भएकाले र निरन्तर वर्षा भएकाले पूर्व सतर्कताका लागि खबर गरिएको बताए। कर्णालीको बाढीले दौलतपुर, खैरी चन्दनपुर, गोलामा बाढी गाउँ पसिसकेको स्थानीयले बताए।

प्रहरीका अनुसार दौलतपुरमा पानी पसिसकेकाले तीन दर्जन घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। पहाडी जिल्लामा वर्षा भइरहेकाले पानीको बहाब बढ्नसक्ने भन्दै उच्च सर्तकता अपनाउन आग्रह गरिएको हो।

Leave a Reply

Your email address will not be published.