सुदूरपश्चिम पर्यटन महोत्सवका आकर्षण (फोटो फिचर)

farwest Tourism in ktm-6काठमाडौं–राजधानीको राष्ट्रिय सभागृहमा शुक्रबारदेखि ‘मध्य तथा सुदूरपश्चिम पर्यटन महोत्सव २०७०’ सुरु भएको छ। पश्चिम महिला जागरण समूहको आयोजनामा भएको महोत्सव पर्यटन मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गरे। काठमाडौंमा बस्नेहरुलाई सुन्दर पश्चिमका पर्यटकीय गन्तव्य, संस्कृति र पश्चिमेली खानाको स्वाद चखाउन महोत्सव गरिएको आयोजकले जनाएका छन्। महोत्सव उद्घाटन सुरु हुनु अघि ठमेल चोकबाट हुड्के, पुतला, झुमरा, स्टिक, दमाहा बाजा र नाचसहित र्‍याली निस्केको थियो।

उद्घाटनपछि  मन्त्री श्रेष्ठले पर्यटनको अथाह संभावना भएको मध्य र सदूरपश्चिममा पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताए। पर्यटन बोर्डको इतिहासमा कार्यकारी समितिमा अहिलेसम्म पश्चिम क्षेत्रबाट प्रतिनिधित्व नभएको आवाज उठेपछि उनले त्यसका लागि पनि पहल गर्ने बचन दिए।

मध्य र सुदूरपश्चिमको एकिकृत प्रयासबाट मात्रै पर्यटन विकास गर्न सकिन्छ भन्ने सञ्देश र राजधानीमा बस्नेहरुलाई आफ्नो थलो घुम्ने निम्तो बाँड्न महोत्सव गरिएको पर्यटनकर्मी अमर शाहीले बताए।

कार्यक्रममा ग्रेट हिमालय टे्रलका टिम लिडर मिम हमाल, उद्यमी गोपी हमाल, पर्यटन बोर्डका निर्देशक हिकमत सिंह ऐर, टानका महासचिव मोहन लम्साल, नाटोका अध्यक्ष अशोकचन्द्र पोखरेल, आयोजक समूहकी अध्यक्ष गोदावरी शाही लगायतले पश्चिमको पर्यटनमा राज्यले चासो दिनु पर्नेमा जोड दिए।

विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेहरु गोपी हमाल, कालु हमाल, कोमल वली, दिपक विष्ट, हरिबहादुर रोकाय, उषा विष्ट, लवदेव मिश्र लगायतलाई कार्यक्रममा सम्मान गरिएको थियो।

आइतबारसम्म चल्ने महोत्सवमा सभागृह हातामा दिनभर नाचगान हुनेछ भने स्टलहरुमा टुर अपरेटर, होमस्टे, खाना र घरेलु प्रदर्शनी चल्नेछ। त्यस्तै हलमा रारा, बर्दिया र शुक्ला फाँटाको बृत्तचित्र, फोटो प्रदर्शनी र साँस्कृतिक कार्यक्रम हुनेछ।farwest Tourism in ktm-9 farwest Tourism in ktm-1 farwest Tourism in ktm-2 farwest Tourism in ktm-3 farwest Tourism in ktm-4 farwest Tourism in ktm-5 farwest Tourism in ktm-7 farwest Tourism in ktm-8
सबै तस्बिर : अमृत भादगाउँले

Leave a Reply

Your email address will not be published.