सुनसरीमा थारु फिल्म महोत्सव

Tharu actressकाठमाडौं– नेपालमा पहिलोपटक राष्ट्रिय थारु चलचित्र महोत्सव हुने भएको छ। तराई आदिवासी कला सांस्कृतिक प्रतिष्ठानले गर्न लागेको महोत्सव असार ३ र ४ मा सुनसरीमा हुनेछ। सोमबार प्रेस विज्ञप्तिमार्फत् संस्थाका अध्यक्ष परशुराम चौधरीले निर्माता–निर्देशकलाई हालसम्मका थारु फिल्म उपलब्ध गराउन आह्वान गरेका छन्।

थारु फिल्मलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागेको अध्यक्ष चौधरीले बताए। ‘महोत्सवले थारु फिल्मलाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नेछ,’ उनले भने, ‘महोत्सवलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौं।’

उनका अनुसार महोत्सवमा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई नगद पुरस्कार व्यवस्था गरिनेछ।

Leave a Reply

Your email address will not be published.