बलात्कार आरोपमा बेलायती संसदका उप–सभामुख पक्राउ

naijel ivanseलन्डन- बेलायतको तल्लो सदन हाउस अफ कमन्सका उप–सभामुख नाइजेल इभान्स यौन उत्पीडन र बलात्कारको आरोपमा पक्राउ परेका छन्। उप–सभामुख इभान्स समलिंगी हुन्। पक्राउपछि उप–सभामुख इभान्सले उनलाई लगाइएको आरोप पूर्णत झुटो भएको बताए। कन्जरभेटिभ पार्टीका तर्फबाट रिबल भ्याली क्षेत्रबाट सांसद निर्वाचित ५५ वर्षे इभान्सलाई दुई जना पुरुषमाथि आक्रमण गरेकोबारे प्रहरीले सोधपुछ गरेको छ। पक्राउपछि पत्रकारलाई जारी गरेको वक्तव्यमा इभान्सले उनीविरुद्ध लगाइएका घटना अविश्वसनिय भएको उल्लेख गरेका छन्।

इभान्सका वकिलले सांसदलगायत उप–सभामुख पदबाट राजीनामा दिने उनको कुनै मनशाय नभएको बताए। लंकासायर प्रहरीले उनलाई शनिबार बलात्कारको आरोपमा पक्राउ गरेको र दिनभर नै त्यसबारे सोधपुछ गरेको जनाएको थियो। प्रहरीका अनुसार उप–सभामुख इभान्सद्वारा सन् २००९ जुलाई र सन् २०१३ मार्चबीच लंकासायरको पेन्डलटनमा ती पुरुषमाथि यौन उत्पीडन र बलात्कार गरिएको थियो।

उप–सभामुख इभान्स जुन १९ सम्मका लागि जमानतमा रिहा भएका छन्। पेन्डलटनस्थित निवासबाहिर इभान्सले पत्रकारसामु आइतबार भने, …हिजो प्रहरीले मसँग दुई उजुरीबारे सोधपुछ गरे। दुईमध्ये एउटा घटना चार वर्ष पुरानो थियो।’ उनले थपे, …मेरा विरुद्धका ती दुवै उजुरी पूरैै गलत छन् र मैलै बुझ्न नसकेको के हो भने ती झुटा उजुरी किन गरिए। अझै भन्ने हो भने ममाथि आरोप लगाउने एक जनासँग त गएको सातासम्म पनि मेरो सुमधुर सामाजिक सम्बन्ध थियो।’

इभान्सले प्रहरीलाई सम्वेदनशील विषयलाई समुचित रुपमा समालेकोमा धन्यवाद दिए। साथै उनले अविश्वसनिय झुटा उजुरीबारे साथीभाई, सहकर्मीले उनलाई समर्थन दिएकोमा उनीहरूप्रति समेत आभारी भएको जनाए।

बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसमेत इभान्सको पक्राउबारे जानकार भएको सञ्चारमाध्यमले जनाएका छन्। रक्षामन्त्री फिलिप ह्यामन्डले इभान्सविरुद्ध लागेका आरोपबाट आफू स्तब्ध भएको बताए। ह्यामन्डले आफू इभान्ससँग वषर्ौंदेखि परिचित रहेको भन्दै अरुजस्तै आफू पनि इभान्समाथि लागेका आरोप सुनेर स्तब्ध भएको बताए। रक्षामन्त्री ह्यामन्डका अनुसार अब आरोपबारे छानबिन भइरहँदा इभान्सलाई सांसद र उप–सभामुखका रुपमा कार्यरत रहन कठिन हुनेछ। ह्यामन्डले यसबारे उप–सभामुख इभान्स आफैंले सोच्नुपर्ने बताए।

सन् १९९२ यता रिबल भ्याली संसदीय क्षेत्रबाट संसदमा निर्वाचित हुँदै आएका इभान्स तीन वर्षअघि मात्र तीन जना उप–सभामुखमध्ये एकमा निर्वाचित भएका थिए। स्वानसीमा जन्मेका सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद इभान्सले संसदमा लगातार २० वर्षभन्दा बढी समय बिताएका छन्। पार्टीका महŒवपूर्ण पदमा काम गरेका इभान्स समलिंगी भएको सन् २०१० मा बेलायती अखबारले सार्वजनिक गरेका थिए।

सन् १९९९ देखि २००१ सम्म इभान्स कन्जरभेटिभ पार्टीका उपाध्यक्ष थिए। सन् २००१ मा इयान डंकन स्मिथ पार्टी नेता भएपछि इभान्सको पदोन्नती भएर वेल्सका छाया मन्त्री बनेका थिए। उनी वेल्सका छाया मन्त्रीमा दुई वर्षसम्म रहे। इभान्सविरुद्धका आरोपमा पक्राउ परेको सुनेर रिबल भ्याली निर्वाचन क्षेत्रका बासिन्दा स्तब्ध भएको रिबल भ्याली कन्जरभेटिभ एसोसिएसनका अध्यक्ष माइकल र्‍यान्सनले बताए। र्‍यान्सनले इभान्स आफ्नो निर्वाचन क्षेत्रमा निकै लोकप्रिय रहेको भन्दै असल सांसद भएको बताए। आफ्नो निर्वाचन क्षेत्रमा इभान्सले वर्षौंदेखि निकै काम गरेको र्‍यान्सनले बताए।

इभान्स तल्लो सदन हाउस अफ कमन्सकासबै सांसदको मत पाएर उप–सभामुख निर्वाचित भएका थिए। इभान्स तल्लो सदनका तीन उप–सभामुखमध्ये एक हुन्। सभामुख जोन बर्कोको अनुपस्थितिमा इभान्सले संसद सञ्चालन गर्थे। बेलायतमा सभामुखको अनुपस्थितिमा संसद सञ्चालन गर्ने उप–सभामुखको अधिकार सभामुखजति नै हुन्छ।

Leave a Reply

Your email address will not be published.