विषादी सेवन गरेका तीन जनाको अवस्था गम्भीर

चितवन- चितवनका छुट्टाछुट्टै स्थानमा गएराति तीनजनाले विषादी सेवन गरेका छन्। विषादी सेवन गरेका तीनै जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रत्ननगर नगरपालिका–५ का ५० वर्षीय लक्ष्मण चौधरीले  विषादी सेवन गर्दा उनको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचार भइरहेको छ। राति विषादी सेवन गरेका उनलाई श्रीमतीले उपचारका लागि राति नै भरतपुर अस्पताल ल्याएका हुन्।

यस्तै,  माडीको अयोध्यापुरी–२ की कमला गुरुङ पनि विषादी सेवनका कारण गम्भीर रहेको प्रहरीले जनाएको छ। उनले मुसा मार्न प्रयोग गर्ने विषादी सेवन गरेको प्रहरीले जनाएको छ।

यस्तै,  भरतपुर–२ आँपटारीकी बिमला तामाङ मेटासिड सेवन गर्दा उनी पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। तीनै जनाको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ। घटनाको अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.