नवनियुक्त न्यायाधीशले काम सुरु गरे

काठमाडौं- न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतमा नियुक्त पाँच अस्थायी न्यायाधीशले आजैदेखि कार्यप्रारम्भ गरेका छन्। कार्यबाहक प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले आज नवनियुक्त अस्थायी न्यायाधीशहरू प्रकाश वस्ती, तर्कराज भट्ट, वैद्यनाथ उपाध्याय, डा भरतबहादुर कार्की र ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्तिपत्र प्रदान गर्दै आजै पद तथा गोपनीयताको सपथ गराउनुभएको प्रवक्ता श्रीकान्त पौडेलले जानकारी दिए। 
सपथपछि उनीहरूले आजैबाट तोकिएको इजलासमा रही न्याय सम्पादनका कार्य सम्हाल्नुभएको पनि उनले बताए। न्यायपरिषद्को हिजो सम्पन्न बैठकले उनीहरूलाई एक वर्षका लागि सर्वोच्च अदालतको अस्थायी न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। उनीहरू यसअघि सर्वोच्च अदालतको अस्थायी न्यायाधीशबाटै अवकास पाएका थिए।
कार्यवहाक प्रधानन्यायाधीशसहित हाल सर्वोच्च अदालतमा पाँच स्थायी न्यायाधीशका साथै पाँच अस्थायी न्यायाधीश पनि थपिनु भएको हो। रासस

Leave a Reply

Your email address will not be published.