कञ्चनपुर- कञ्चनपुरका दङ्गाली थारु समुदायले आज चरई पूजाको आयोजना गरेका छन्। प्रत्येक वर्षको चैत महिनाको यसै सोमबार गाँउका सबै थारु समुदायका व्यक्तिहरू एकै ठाउँमा भेला भई चरई पूजाको आयोजना गर्दै आएका छन्। वर्षभरीका लागि अन्न खान पुगोस, गाँउमा रोगको महामारी नहोस भनेर पूजाको आयोजना गरिदै आएको पिपलाडीका नरेन्द्र चौधरीले बताए। पूजाका लागि गाँउका घर घरबाट एक जना पुरुष र एक जना महिलाको अनिवार्य उपस्थिति रहने चलन रहेको उनले बताए।
घरमा पाक्ने अन्नका पकवान, तरकारी, सिद्रा माछा, बङ्गुर, कुखुराको मासु, ढिक्री र मदिरालगायत सामग्रीले गाँउका गुरुवा पूजा लगाउने गर्छन्। पूजा लगाइसकेपछि बचेको पकवान पूजामा सहभागीले प्रसादका रुपमा ग्रहण गरी साँझ घर फर्कने गर्छन्। परम्परादेखि नै यो पूजाको आयोजन हुँदै आएको थारु बुढापाकाहरू बताउँछन्। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर