‘थाकसलाई राजनीतिबाट मुक्त गरौं’

Thakasaसन्तोष दहित, दाङ- थारु कल्याणकारिणी सभालाई राजनीतिबाट मुक्त गरी विशुद्ध थारु जातिको साझा मुद्दा बनाएर अगाडि बढनुपर्ने दाङमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। शनिबार थारु कल्याणकारिणी सभाको १४औं जिल्ला अधिवेशमा बोल्ने वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन्। थारु जातिको कल्याणको लागि स्थापना भएको संस्थालाई पछिल्लो चरणमा पदाधिकारीमा बस्ने व्यक्तिले संस्थाको विधानविपरीत चलेको गुनासो राखेका थिए। 
सभाका सभापति चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रमा केन्द्रीय उपाध्यक्ष यशोदा चौधरीले राज्यले समावेशीको कुरा गरेता पनि थारु जातिलाई भने बेवास्ता गर्दै आएको बताइन्। कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी उनले राज्यकै कारण थारु जातिको संस्कृति लोप हुने खतरामा पुगेको बताए। देश लोकतन्त्र गणतन्त्रमा गइसकेको अवस्थामा पनि थारु जातिलाई कुनै पनि निर्णायक तहमा पुग्न नदिएकाले अब सबै थारुले आफ्नो अधिकारको लागि पुन एकजुट हुनुपर्ने कुरामा जोड दिएका थिए। कार्यक्रममा केन्द्रीय सदस्य राजेन्द्र चौधरी, केन्द्रीय पार्षद सौगतविर चौधरी, चुर्णबहादुर चौधरी, रामबहादुर दहित, नेपाल लोकतान्त्रिक थारु संघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद चौधरी, बुद्धिजीवी छोटीलाल थारु, डा. सुरेन्द्र चौधरी, थारु महटावा महासंघका केन्द्रीय सदस्य जगविर चौधरी, क्षेत्र नं. १ का सभापति हीरालाल चौधरीलगायतले अधिवेशनको सफफल्ताको शुभकामन मन्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published.