काठमाडौं- यही चैत २३ गते बिहान कैलाली जिल्लाको वेलादेसपुर गाविस–७ घुर्सुवा बस्ने ६० वर्षीया वृद्धा राजकुमारी रानामाथि बोक्सीको आरोपमा भएको अमानवीय घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ। यस घटनाप्रति मन्त्रिपरिषद्का अध्यक्ष र गृहमन्त्रीबाट गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि प्रचलित कानुनबमोजिम कडाकारबाही गर्न निर्देशन भएअनुरुप गृह मन्त्रालयले स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिइसकेको र घटनामा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारबाहीका लागि आवश्यक छानबिन कार्य भइरहेको छ।
पीडित रानाको औषधोपचार नेपाल सरकारबाट हुने व्यवस्था मिलाइएको जानकारी पनि गृह मन्त्रालयले दिएको छ। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर