काठमाडौं- एसीसी ट्वान्टी-२० कपमा नेपालले मलेसियाविरुद्ध १९ रनले विजयी भएको छ। त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। १ सय ६४ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रनमात्र जोड्यो। यो जितसँगै नेपालको सेमिफाइनल यात्रा बलियो बनेको छ। नेपालका लागि कप्तान पारस खड्काले ३ छक्का र ११ चौकासहित सर्वाधिक ८७ रन बनाए।
ओपनर ब्याट्समेन प्रदीप ऐरी शून्यमै आउट भए पनि सुवाष खकुरेल २५ रन बनाएर पेभेलिएन फर्किए। त्यस्तै विनोद भण्डारीले २० रन जोडे। राम्रो फिल्डिङ गरेको नेपालका लागि पृथु बास्कोटा र सञ्जम रेग्मीले दुई दुई विकेट लिए। नेपालले भोलि सिंगापुरसँग खेल्दैछ। नेपालकै समूहमा रहेको हङकङ यसअघि नै सेमिफाइनल पुगिसकेको छ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर