अख्तियार प्रमुखमा कार्कीको नियुक्ति रोक्न सर्वोच्चको अन्तरिम आदेश

Supreme-court-of-nepalकाठमाडौं- उच्चस्तरीय राजनीतिक समितिले अख्तियार प्रमुखमा लोकमान कार्कीलाई गरेको सिफारिस रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश सुशीला कार्कीको एकल इजलाशले प्रारम्भिक सुनुवाई गर्दै सो प्रक्रियालाई यथास्थितिमा राख्‍न आदेश दिएको हो। सर्वोच्चले चैत २५ गतेसम्मका लागि नियुक्तिका सबै प्रक्रिया रोक्न आदेश दिँदै २६ गते दुवै पक्षलाई बोलाएको छ। उच्चस्तरीय राजनीतिक समितिले कार्कीलाई अख्तियार प्रमुखखको रुपमा सरकारलाई सिफारिस गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो।

अधिवक्ता ओमप्रकास अर्यालले दायर गरेको रिटमा अख्तियारले नै अयोग्य ठहर्‍याएका कार्कीको नियुक्ति संविधानविपरीत रहेको जिकिर गरिएको छ। रिटमा कार्कीलाई अख्तियारमा नियुक्ति गर्न खोज्नु जनतामाथिको धोका हुने उल्लेख छ।

कार्कीलाई अख्तियारमा नियुक्त गरे हटाउने वैधानिक संस्था संसद् नभएको र राजनीतिक प्रतिशोधको सिकार हुनुपर्ने अवस्था आउनसक्ने रिटमा भनिएको छ।

Leave a Reply

Your email address will not be published.