सन्तोष दहित, दाङ- केही वर्षअघिसम्म छोरालाई अर्काको घरमा कमलरी पठाउने नारायणपुर गाविस ५ बेलुवाका रामबहादुर चौधरी अचेल बिहानै उठेर छोरीलाई समयमा कसरी विद्यालय पठाउने भन्ने ध्याउनमा हुन्छन्। छोरी कमलरी मुक्त भएपछि उनका लागि रामबहादुरले कलम, कापी, झोलालगायत आवश्यक सवै शैक्षिक सामाग्रीहरु जुटाइदिएका छन्। उनले गाँउका अन्य गाँउलेहरुको सिको गरेर छोराछोरीलाई अर्काको घरमा काम गनए पठाउने गरेका थिए।
‘त्यतिबेला थारु समुदायममा कमलरी पठाउने सस्कार जस्तै थियो,’ उनले भने, ‘मैले पनि त्यहि सस्कार सिको गर्दै आएको थिए तर गलत रहेछ भन्ने थाँहा भयो।’ उनीजस्तै अधिकांश थारु समुदायका व्यक्तिहरुले छोराछोरीलाई कमलरी पठाउने गर्थे। अहिले सवैमा सचेतना आएको रामबहादुरले बताए। ‘अहिले समय धेरै परिवर्तन पनि भइसक्यो र सवैमा चेतनाको विकास भएकोले पनि आफ्ना छोराछोरीलाई कमैया कमलरी नपठाएर स्कूल पठाउने गर्छन’ चौधरीले भने।
नारायणपुरका रामवहादर मात्रै होइनन, देउखुरी गंगापरस्पुर गाविस ७ लोखारपुरका शिवहरि चौधरीमा अहिले शिक्षा मोह पलाएको छ। कमलरी छोरीको कमाईले दिन विताउदै गरेका उनि अचेल आफुले मजदुरी गरेर पनि छोरीलाई विद्यालय पढाउने थालेका छन् ।
रामबहादुर र शिवहरि नमूना अभिभावकमात्र हुन् उनीजस्तै कमलरीमुक्त छोरीलाई आफूहरुले मजदुरी गरेरै पनि विद्यालय पठाउन सचेतानको विकास भएको छ। ‘शिक्षाको उज्यालो हाम्रो घरमा पनि भित्रियोस भनेर छोरीहरुलाई पनि स्कूल पठाउन थालेका छौ शिवहरिले गोरक्षलाई भने। शैक्षिक चेतनाको अभावका कारणले नै थारु समुदायका बालबालिकाहरु यसअघि कमलरी बस्न बाध्य हुनुपरेको उनको ठहर छ। त्यसो त कमलरी जिल्ला मुक्त घोषणा भइसकेको अवस्थामा अहिले अरुको घरमा कमलरी पठायो कि कमलरी उन्मुलनमा काम गर्ने संघसस्थाहरुले कारबाही गर्ने भएकोले पनि उन्मुलनमा काम गर्ने भएकोल पनि अन्य अशिक्षित थारु अभिभावक पनि शिक्षप्रतिको सचेतना बढेको हो।
यी संघसस्थाहरुले पढाइको लागि आर्थिक सहयोग गर्ने भएकोले कारण पनि अभिभावकहरु आफ्ना छोराछोरीको शिक्षाप्रति सकारात्मक छन्। संघसस्थाहरुले छोराछोरीको लागि कलम कापी पनि किनिदिने गर्छन्। त्यसैगरी स्कुलमा फि पनि तिरिदिने गरेकाले पनि हिजोआज सबैले छोराछोरीलाई स्कुल पठाउने गर्छन् शिवहरिले भने। उनले पनि आफू दिनभरि मजदुरी गरेर पनि आफ्नो छोराछोरीलाई स्कुल पठाउने गरेको बताए। उनलाई पहिलेदेखि नै छोराछोरीलाई स्कूल नपठाएकोमा पछुतो छ।
सयमासयममा वुद्धि पुर्याएको भए नानीबाबुहरुको शिक्षा राम्रो हुने थियो उनले भने। कमलरी पठाउने पुरानो सस्कारले आफु छोराछोरीको भविष्यप्रति गैरजिम्मेवार बनेकोमा समेत खिनन्ता छ। छोराछोरीको भविष्य उज्वलको लागि भने दिनमा एक छाक खाएर भएपनि स्कूल पठाउने गरेको उनले भने। संगै जन्मेका गाँउका केहि साथीहरु मास्टर, हाकीम बने आफू नपढेकै कारणले यस्तो अवस्था भएको छ उनले भने। तैपनि हिम्मत भने हारेको छैन आफू पढ्न नसकेपछि छोराछोरीलाई भने शिक्षाबाट कुनै पनि हालतमा वञ्चित हुननदिने चौधरीले भने।
उनले भने हिज कमलरी भएर बसेकी मेरी चौधरी अहिले आफूजस्तै कमलरीहरु खोज्दै हिँडेको देख्दा धेरै खुसी लाग्ने गर्छ। किनकि मलाईभन्दा पनि बढी कम्लरीको पीडा कस्तो हुन्छ भन्ने कुरा मेरी छोरीलाई छ। हिजोआज आफ्नै छोरी मुक्त कमलरी बहिनीहरुको नेतृत्व गरिरहेको बताए।
त्यसैगरी लामो समयदेखि कमलरीक्षेत्रमा काम गर्दै आएको एफकेडिएफका प्रबन्धक फकला थारुले मुक्त कमलरीका अभिभावकहरु पहिलेको अवस्था भन्दा धेरै परिवर्तन र सचेत भएका बताउँछन् । पहिला पहिला कमलरी उद्धार गरी घरमा पुर्याउन जाँदा गालिगलोज गर्नेजस्ता गर्थे हाम्रा छोरीहरुलाई त्यहाबाट ल्याएर हामीलाई कुले पाल्छ आदि कुराहरु गर्ने गर्थे। तर आफ्ना छोराछोरीको प्रगति देखेर ती अभिभावकले अरुलाई पनि कमलरी राख्नु हुँदैन भन्ने कन्भिस गरेको देख्दा धेरै खुशी लाग्नेगर्ने गरेको चौधरीले भने।
सधैंभरि अरुको दासि भएर जीवन बिताएका ती कमलरी बहिनी आज मुक्त भएर आइए बीए पढेको देख्दा कहिले काहीँ त सपना देखेको जस्तो लाग्ने चौधरीले बताए। आफूले पनि सोच्न नसकेको यति ठूलो परिवर्तन हुन भनेको सबैको योगदान मात्र भएको चौधरीले बताए।
अझै पनि केही मात्राम कमलरी लुकाइछिपाइ राख्ने चलन छ, त्यसलाई शून्यमा ल्याउनका लागि फेरि एकपटक सबै तहबाट सहयोग गर्न अनुरोध गरे। हिजका दिनमा प्रायः सबै थारु समुदायका छोराछोरी कमैया कमलरी राख्ने चलन थियो, आज त्यो चलन थारु समुदायमा छोडेपछि अन्य समुदायले कमैया कमलरी पठाउन थालेका छन्, यो गर्नु गलत हो उनले भने।
अबको दिनमा कसैले पनि कमैया कमलरी राख्नु हुँदैन चौधरीले भने। आफ्नै संस्थाबाट कमलरी छापामार्न जाँदा धेरै मात्रामा अरु समुदायका भेटिन्छन उनले भने। थारु समुदायका छोराछोरीलाई कमलरी राख्ने हो भने छुटाएर लैजाने गरेकाले पनि मालिकले अन्य समुदायका छोराछोरीलाई कमैया कमलरी राख्न थालेको हुनसक्ने चौधरीको भनाइरहेको छ।
यसैगरी कमलरी क्षेत्रमा काम गर्नै स्वान संस्थाका कार्यक्रम निर्देशक भागिराम चौधरीले अहिले मुक्त कमलरीको अभिभावकको धेरै परिवर्तन भइसकेका बताए। मानिसको जीवनमा सबभन्दा महत्वपूर्ण कुरा स्वतन्त्राता हो, त्यसपछि शिक्षा र आर्थिक स्थितिमा परिवर्तन चौधरील भने।
आफूहरुको सानो योगदानले सयौं बालिकालाई स्वतन्त्रता दिलाएर शिक्षाको उज्योलोतिर लम्कन देख्दा निकै खुसी लागेको बताए। यति सानो प्रयासले पनि ती कलिला मुक्त कमलरीको जीवन सकारात्मक परिवर्तन हुनु भनेको ठूलो कुरा हो उनले भने।
दाङ जिल्ला बाट सुरु भएको कमलरी मुक्ति अभियान आज पश्चिमका बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेतसम्म पुगेको छ। आज सयौं जना मुक्त कमलरी बहिनीहरु एएलसी पास गरेर क्याम्पस पढिरहेका छन्, कमलरी मुक्तिका लागि आफैं अगुवाई गरिरहेका छन्।
सीप विकास तालिम लिएर विभिन्न व्यवसाय सञ्चालन गरी राम्रो आम्दानी गर्न देख्दा धेरै खुसी लाग्ने गरेको चौधरीले बताए। चौधरी भन्छन्- पहिले पहिले मुक्त कमलरीका अभिभावकले तिमीहरुले खान लाउन दिन्छौं भनेर प्रश्न गर्ने गर्थ्यो। अहिले आएर छोरीहरु कमलरीबाट मुक्त भएर उनीहरुको शिक्षामा र सीप विकास तथा उनीहरुमा आएको प्रगति र उत्साह र संस्थाले गरेको सहयोगलाई देखेर अहिले धेरै राम्रो प्रतिक्रिया पाउने गरेको चौधरीले बताए।