कीर्तिपुरमा थारु कविको भेला

काठमाडौं- थारु कविहरुले कीर्तिपुरमा कविता वाचन गरेका छन्। बर्दियाली थारु विकास मञ्चले आयोजन गरेको ‘थारु भाषा साहित्यिक, शृंखला २ नाम दिइएको कार्यक्रममा थारु कविहरुले कविता वाचन गरेका हुन्। लेखिका शान्ति चौधरीको विशेष अतिथि र साहित्यकार कृष्ण सर्वहारीको सभापतित्वमा भएको कार्यक्रममा सुशील चौधरी, शत्रुधन चौधरीले कविता वाचन गरेका थिए।

त्यस्तै नगुराज चौधरी, राकेश चौधरी, प्रसादु थारु, निशा चौधरी, निराजन चौधरी, नन्दुराज चौधरी, दोसरन चौधरी, अमित दहितलगायतले कविता वाचन गरे।
कार्यक्रमका प्रमुख अतिथि शान्ति चौधरीले थारु भाषालाई उजागर गर्ने उद्देश्यले राखिएको कार्यक्रमको सराहना गरेकी थिइन्। उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएकी थिइन्। त्यस्तै पत्रकार तथा लेखक कृष्णराज सर्वहारीले थारु साहित्यबारे बताएका थिए। उनले भावना कुनै बेला पनि आउन सक्ने भएकाले सबैलाई डायरी र कलम लिएर हिँड्न आग्रह गरे। उनले किताब पढ्ने बानी बसाल्न पनि सबैमा आग्रह गरे।

प्रत्येक महिनाको पहिलो शनिबार यही कार्यक्रमको निरन्तरता दिनेसमेत सर्वहारीले बताए।tharu kabi

Leave a Reply to Joemex Cancel reply

Your email address will not be published.