फिल्म ‘गुलाम’की खन्डाला गर्ल रानी मुखर्जीलाई फिल्म टाइकुन यश चोपडाका पुत्र आदित्यलाई देख्नासाथ ‘कुछ कुछ होता है’ भयो। यसपछि ‘ब्ल्याक’ गर्ल र आदित्यबीच प्रणयको गुपचुप खिचडी पाकेको बलिउडमा धेरैअघि चलेको हल्ला हो। यसबीच दुवैको बिहेको कुरा चलेको र विवाहित आदित्यको परिवारले अस्वीकार गरेको अपुष्ट चर्चा पनि नचलेका होइनन्। अहिले भने दुवैले बिहे गरिसकेको हल्ला फेरि एक कान दुई कान मैदान भएको छ। खासमा हालै यश चोपडाको प्रतिमा अनावरण कार्यक्रममा बलिउडका पुराना ‘कालिचरण’ शत्रुघ्न सिन्हाले चोपडा परिवारको नाम लिँदा रानी चोपडा भनेर सम्बोधन गरेपछि उनले बिहे गरिसकेको चर्चा व्यापक भएको बताइन्छ। रानी र आदित्यले यसको पुष्टि नगरे पनि तीन वर्षअघि आदित्यले पत्नीसँग डिभोर्स गरिसकेकाले चर्चामा दम भएको बताइन्छ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर