सन्तोष दहित, दाङ- थारु जातिको भाषा, कला सकृतिको संरक्षण तथा प्रवद्धन गर्नको लागि सौडियार ९ सिसहनिया गाँउमा जिल्ला विकास समिति दाङले नमुना थारुग्राम स्थापना गरेको छ। उक्त नमुना थारु ग्राम स्थापना गर्ने वेला नमुना थारुग्राम सञ्चालन समिति र जिल्ला विकास समिति विच १० वुंदे सम्झौता भएकोथियो। तत्कालीन स्थानिय विकास अधिकारी मधुसूदन पौडेल र नमुना थारु ग्राम सञ्चालन समितिका अध्यक्ष वेझलाल चौधरी विच २०६५ माघ १९ गतेका दिन उक्त सम्झौता भएको थियो।
सम्झौता भएको ४ वर्ष पुगि सक्दा पनि नमुना थारुग्राम नामको मात्र भएको चौधरीले बताए। हालसम्म नमुना थारु ग्रामको नाममा सानो सानो ५ वटा छाप्रो हाल्ने, पक्की शौचालय, र माछा पालन २ वटा पोखरी खन्न वाहेक बाँकी भोतिक पुर्वाधारको काम कुनै पनि गर्न नसेको थारु नमुना ग्रामको अध्यक्ष वेझलाल चौधरीले वताए। परम्परागत ५ वटा सानो छाप्रो हालेर नमुना थारु ग्राम घोषणा गरेपछि जिल्ला विकास समितिलाई पुग्यो। तर सम्झौता पत्रमा भने ति छाप्रा मात्र नभएर हेल्पोष्ट, बालकेन्द्र, थारु संग्रहालय, पार्क लगायत पनि निर्माण गर्ने सम्झौतापत्रमा उल्लेख छ। तर सम्झौता पत्रमा उल्लेख भएको बुँदामध्ये छाप्रा वनाउन वाहेक अरु पुर्वाधारको विकास जिल्ला विकास समितिले नगरेर धोका दिएको अध्यक्ष चौधरीले भने।
जिविसले धोका दिने काम गरेको छ चौधरीले भने– तत्काल सम्झौता अनुरुप काम गर्न सक्नुपर्छ। सम्झौता अनुसार भएको कामलाई कार्यान्वयन पुरा गर्नको लागि पटक पटक जिल्ला विकास समितिमा डेलिगेशन जाँदा पनि केहि सुनुवाइ नभएको चौधरीले बताए। ‘धेरै पटक जिल्ला विकास समितिमा डेलिगेशन जाने काम भयो र काम हुन सकेको छैन’, उनले भने। उनका अनुसार नमुना थारु ग्राम वनाउने वेला थारु जातिको परम्परागत थारु घर, हेलपोष्ट, बालकेन्द्र, थारु संग्राहालय, पार्क वनाउने सम्झौता भएको थियो चौधरीले भने। त्यसैगरि भुइह्यार थानको वरिपरि पर्खाल निर्माण गर्ने, माछा पालनको लागि २ वटा पोखरी निर्माण गर्ने, बाटो वनाइदिने लगायत जिल्ला विकास समिति संग सम्भौता भएता पनि हाल सम्म थारु परम्परागत घरको नाममा सानो सानो ५ वटो छाप्रो वनाउने वाहेक अरु केहि नभएको अध्यक्ष चौधरीले भने। माछा पालनको लागि २ वटा पोखरी २ वर्ष अगाडी वनाएता पनि यसपालि वल्ल वल्ल माछा दिएको थियो अहिले पानि नभएर माछा मर्न लागेको चौधरीले गुनासो गरे। माछा पालन पोखरीमा वबैवाट पानि सिचाइको लागि मोटर जिविसवाट उपलब्ध गराइदिने भनेता पनि अझैसम्म नदिएको चौधरीले दुखेसो पोखे। वल्ल वल्ल भुइह्यार थानको वरिपरि भने पर्खाल निर्माण गर्नको लागि सहयोग गरेको थियो। त्यो वाहेक जिल्ला विकास समितिले केहि पनि सहयोग गर्न नसकेको चौधरीले वताए। आफुहरु संग विभिन्न विषयमा लोप देखाएर सम्झौता गराए तर सम्झौता अनुसार काम नगरेपछि जिल्ला विकास समितिले आफुहरुलाई धोखा दिएको पटक पटक चौधरीले दोहोराए। चौधरीले भने आफुहरुको गाँउमा थारु नमुना ग्राम वन्ने भनेपछि ४ विघा क्षेत्रफल बरावरको जग्गा गाँउलेहरुले थारु नमुना ग्रामलाई हस्तानतरण गरे। नमुना ग्राम वनेपछि गाँउको विकास पनि हुने भएकोले ति सवै जग्गा नमुना थारु ग्रामको नाममा नामसारी गरियो चौधरीले भने। उक्त जग्गामा बालकेन्द, हेल्पोष्ट थारु संग्राहलय, पार्क वनाउन भनेर त्यति ठुलो क्षेत्रफल जग्गा गाँउलले छुत्याइदिएको चौधरीले वताए। आज आएर जिल्ला विकास समितिले सम्झौता गरेर सिसहनिया वासीलाई धोखा दिने मात्र काम गर्यो चौधरीले भने। जुन कारणले सिसहनिया वासीहरु जिल्ला विकास समितिवाट दुखि भएको चौधरीले वताए। सम्झौतामा भएको अनुसारलाई कामलाई पुरा गर्नको लागि महिने पिच्छे जिल्ला विकास समितिमा ध्यानकर्षण गराउदा पनि वास्ता नगरेको चौधरीले गुनासो पोखे। सम्झौता पत्रको ६ नम्वर वुंदामा जिल्ला विकास समिति दाङले नमुना थारु ग्राम सञ्चानलन गरेको क्षेत्रमा आवश्यक्ता अनुसार यातायात, सञ्चार, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य र सरसफाई सम्वन्धी आधारभुत कुरामा व्यवस्थान गर्नेछ भनेर उल्लेख गरिएको छ। तर उक्त वुदामा विद्युत वाहेक अरु केहि पनि हुन सकेको छैन। त्यो विद्युत पनि गाँउलेहरुले मिलेर ल्याएको चौधरीले भने। त्यसैगरि सम्झौता पत्रको वुदा ७ मा नमुना थारु ग्राम सञ्चालन गरिएको क्षेत्रमा थारु सस्कृति संरक्षण तथा प्रदशनको लागि जिविसले एउटा संग्रहालय निर्माण गरिनुको साथै सास्कृतिक सामग्री संकलन गर्ने सहयोग गर्ने भनेर सम्झौता पत्रमा उल्लेख गरिएको छ।
अहिले थारु संग्रहालय नभएको कारण नमुना थारु ग्राम अवलोकन गर्न आउने पर्यटकहरु लाई सास्कृति सामग्री देखाउन नसकिएको चौधरीले वताए। गाँउमा थारु जातिको पहिचान झलकिना साँकृतिक सामग्री भएता पनि एकैठाउमा राख्ने घर नहुदा समस्या भएको उनले बताए। सिसहनिया नमुना थारु ग्राम नै वनाउने हो भने तत्कालको लागि बालकेन्द्र, हेल्पोष्ट र थारु संग्रहालय वनाउनु पर्ने चौधरीले वताए। यता जिल्ला विकास समितिले भने सो क्षेत्रको विकासको लागि काम भइरहेको जनाएको छ। प्रत्येक वर्ष वजेट विनियोजन गर्ने र भौतिक पूर्वाधारको क्षेत्रमा काम भइरहेको जिल्ला विकास समितिका पर्यटन विकास सचिवालय समितिका सदस्य सचिव डा. गोविन्द आचार्यले दावि गरे। एकैपटक हुदैन उनले भने–’ यो क्षेत्रको भौतिक पूर्वाधार क्रमश हुदै जान्छ’,। सो क्षेत्रको भौतिक विकासको लागि ठुलो रकम लाग्ने भएकोले एकै पटकमा सम्भव नभएको डा आचार्यले बताए।