गुरुङको राष्ट्रिय परिषद्को अध्यक्षमा रेशम

भद्रपुर- तमू ह्यूल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को झापाको विर्तामोडमा आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनले रेशम गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको छ। उनले ३ सय ७५ मत प्राप्त गरेर विजयी भएको हो भने अर्का प्रत्यासी विनोद गुरुङले ८९ मत प्राप्त गरेको थियो। निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा भद्रमान गुरुङ, महासचिवमा धनमान गुरुङ, उपमहासचिव (निर्विरोध)मा नरबहादुर गुरुङ, सङ्गठन सचिवमा डम्बर गुरुङ, प्रचार सचिवमा मनोज गुरुङ र कोषाध्यक्षमा हरिमाया गुरुङ चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ।
त्यसैगरी, पूर्वाञ्चल क्षेत्रको प्ा्रमुखमा भरत गुरुङ, सचिवमा लक्ष्मी गुरुङ, मध्यपश्चिमको प्रमुखमा यायव गुरुङ र सचिवमा हस्तबहादुर गुरुङ, पश्चिमाञ्चलको प्रमुखमा यामबहादुर गुरुङ, सचिवमा चरुबहादुर गुरुङ, मध्यपश्चिमाञ्चलको प्रमुखमा ज्ञानबहादुर गुरुङ, सचिवमा गोपाल गुरुङ र काठमाडौं उपत्यकाको प्रमुखमा टेकबहादुर गुरुङ र सचिवमा सूर्य गुरुङ छानिएका छन्।
सोहीअनुरुप, केन्द्रीय सदस्यहरुमा जलकुमार गुरुङ र श्यामकुमार गुरुङ (झापा), गोलामान गुरुङ (सङ्खुवासभा), कृष्ण गुरुङ (खोटाङ), हर्कबहादुर गुरुङ (पाँच्ाथर), दूर्गाबहादुर गुरुङ (नवलपरासी), खेमजङ गुरुङ (लमजुङ), चुनबहादुर गुरुङ (तनहुँ), मनकुमारी गुरुङ (गोर्खा), एकबहादुर गुरुङ (सर्लाही), हस्तबहादुर गुरुङ (दैलेख), हिमाल गुरुङ (दोलखा), एकबहादुर गुरुङ (बाँके), अरुण गुरुङ (चितवन) र काठमाडौँका कृष्ण गुरुङ र लक्ष्मण गुरुङलाई चयन गरेको छ।
त्यसैगरी, तमुवान क्षेत्रबाट दोलखबहादुर गुरुङ (स्याङ्जा), गोपालमान गुरुङ (कास्की), भीमबहादुर गुरुङ (तनहुँ), पूर्णबहादुर गुरुङ (तनहुँ) र नेमबहादुर गुरुङ लमजुङलाई छनोट गरेको छ।यसका साथै महिलातर्फ कल्याणी गुरुङ (दोलखा), खगिसरा गुरुङ (नवलपरासी), टकमाया गुरुङ (लमजुङ) र रीता गुरुङ (काठमाडौं) चयन भएका छन्। रासस

Leave a Reply

Your email address will not be published.