आन्दोलनबाटै सरकार ढाल्छौं: कोइराला

जनकपुरधाम- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले वर्तमान सरकारलाई आन्दोलनबाटै ढाल्ने चेतावनी दिएका छन्। जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै सभापति कोइरालाले यो आन्दोलन भनेको राजनीतिक सहमतिको सरकार गठनका लागि भएको बताए। 
एकीकृत नेकपा (माओवादी)ले झुटो आश्वासनको खेती गरिरहेकाले उसमाथि विश्वास गर्ने आधार नभएको स्पस्ट गर्दै सभापति कोइरालाले सरकार नढलेसम्म आन्दोलन जारी रहने बताए। उनले अन्तरिम संविधानका सबै कुरालाई माओवादीले उल्लङ्घन गरेर जनतालाई झुटो आश्वासन बाँड्ने गरेको आरोप लगाए।
एक प्रश्नको जवाफमा सभापति कोइरालाले इतिहासमा यति कमजोर अवस्थामा राष्ट्र कहिल्यै नभएको बताए।

Leave a Reply

Your email address will not be published.