‘मर्डर–३’ मा कपि पेस्ट

बलिउडका कतिपय निर्माता निर्देशक विदेशी फिल्म ‘कपि पेस्ट’ गर्न खप्पिस भएकोमा दुई मत नहोला। बलिउडका नामूद निर्माता निर्देशक महेश भट्टको क्याम्प यस्ता मामिलामा पहिलेदेखि नै निकै अघि रहेको छ। भट्ट क्याम्पले पहिले आफ्ना निकै फिल्ममा विदेशी फिल्मको अनअफिसियल कपि गरेको छ। हालै मात्र भट्ट क्याम्पले आफ्नो नयाँ फिल्म ‘मर्डर–३’ का लागि स्पेनिस फिल्म ‘ला कारा ओकल्टा’को कपिराइट किनेको छ। स्पेनिस फिल्मको कपिराइट किनेपछि भारतीय सञ्चारमाध्यमले स्पष्ट रुपमा भट्ट क्याम्पको कपिबारे उल्लेख गरेका छन्। भट्ट क्याम्पको ‘साया’ र ‘मर्डर’ फिल्म हलिउडका ‘ड्रयागनफ्लाइ’ र ‘फेथफुल’का कपि भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। नेटमा संसारभरीका दर्शकले ‘मर्डर–३’को प्रोमो हेरेर फिल्म स्पेनी फिल्म ‘ला कारा ओकल्टा’को कपि भएको अनगिन्ति कमेन्ट गरेपछि भट्ट क्याम्प कपिराइट किन्न बाध्य भएको बताइन्छ। मुकेश भट्टका छोरो विशेष निर्देशकका रुपमा डेव्यु गर्न लागेको फिल्मबारे महेशले भने फिल्मको कोर थिम मात्र स्पेनी फिल्मबाट लिइएको दाबी गरेका छन्। तर पत्याउने कस्ले?

Leave a Reply

Your email address will not be published.