महिलालाई ट्राउजर प्रतिबन्ध हट्यो

पेरिस– फ्रान्सेको राजधानी पेरिसका महिलाले ट्राउजर लगाउन पाउने भएका छन्। सरकारले ट्राउजर लगाउने महिलाविरुद्ध आपराधिक मुद्दा चलाउन सक्ने दुई सय वर्ष भन्दा पुरानो नियम समाप्त भएको जनाएको छ। फ्रान्सेली महिला अधिकारमन्त्री नाजात भालैद बेल्कासेमले सन् १८०० नोभेम्बर १७ देखि लागू रहेको सो नियम फ्रान्सको आधुनिक मूल्य मान्यता तथा कानुनसँग अमिल्दो भएको बताएकी छिन्। ट्राउजर सहित ‘पुरुषको जस्तै पोशाक’ लगाउन महिलाले स्थानीय प्रहरीबाट अनुमति लिनुपर्ने महानगरको नियम रहेको थियो। त्यस्तो नगर्ने महिलाविरुद्ध आपराधिक मुद्दा चल्ने कानुनी व्यवस्था थियो।
तर सन् १८९२ मा घोडा चढ्ने र सन् १९०९ मा साइकल चढ्ने महिलाले ट्राउजर लगाउने पाउने गरि व्यवस्था गरिएको थियो। त्यस ट्राउजरमाथिको प्रतिबन्ध भने कानूनी रुपमा रहेको थियो।
फ्रेन्च सिनेट जर्नललाई उत्तर दिँदै भालौद बेल्कासेमले त्यसलाई यो औपचारिक रुपमा त्यसलाई हटाइएको बताएकी छिन्।
‘यो कानुनको उद्देश्य पुरुषको जस्तो पोशाक लगाएर महिलाले व्यवहार नगरनु भनेर महिलालाई निश्चित कार्यालय वा पेशामा पहुँच सिमिति गर्ने उद्देश्यले ल्याएको थियो,’ उनले भनिन्, ‘यो आदेश महिला तथा पुरुष समान हुन भन्ने सिद्धान्तसँग मेल खाँदैन र त्यसैले यस्तो आदेशलाई रोकिनु पर्छ।’ उनले अब यो कानुन संग्रहलयमा राखिएको विषय बनेको बताएकी छिन्।
पेरिसका महिलाले ट्राउजर लगाउन पाउनु पर्ने माग लामो समयदेखि गर्दै आएका थिए। फ्रान्सेली क्रान्तिको समयदेखि नै उनीहरुको यो माग रहँदै आएको थियो। फ्रान्समा महिलाले लगाउने पोशाकको विषयले राजनीतिक आक्रोश उत्पन्न गर्ने गरेको छ। फ्रान्सेली राष्ट्रपति फ्राँस्वा होल्यान्डको सरकारको पहिलो मन्त्रिपरिषदको बैठकमा ग्रिन पार्टीकी ३७ वर्षिय मन्त्री सेसिले डुफ्लोटले जिन्स लगाएर गएपछि उनको विरोध भएको थियो। संसदमा गर्मीमा लगाउने फुलबुट्टे लुगा लगाएर जाँदा केहीले होलल्ला गर्नुका साथै सिठ्ठी समेत बजाएका थिए।
फ्रान्समा समलिङ विवाहलाई कानुनी मान्यता दिने विषयमा छलफलमा जाँदा समेत धेरै महिला सांसदहरुले संसदको लूगा सम्बन्धी नियम तोडेका थिए।
सन् २०१० मा ग्रिन पार्टीका सांसदहरुको एउटा समूहले ट्राउजर लगाउन नपाउने व्यवस्था खारेज गर्न अभियान शुरु गरेका थिए।

Leave a Reply

Your email address will not be published.