सहारालाई हराउँदै थ्रीस्टारद्वारा उपाधि कब्जा

पोखरा- आयोजक सहारा क्लबलाई पराजित गर्दै थ्रीस्टारले ११ औं आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा थ्रीस्टारले घरेलु टोलीलाई १-० ले पराजित गर्दै उपाधीसँगै ३ लाख ५१ हजार हात पारेको छ। आहा गोल्डकपमा थ्रीस्टारको यो तेस्रो उपाधि हो भने प्रशिक्षक प्रदीप हुमागाईले क्लब सम्हालेपछिको पहिलो उपाधि हो।

स्थानीय रंगशालामा भएको निकै प्रतिस्र्धात्मक खेलमा सहाराले थ्रीस्टारलाई कडा चुनौती दिएको थियो । तर, अन्तिम केही मिनेट सम्हालिन नसक्दा उपाधी घरमा नै राख्ने सपना पूरा हुन सकेन। ८३औं मिनेटमा जीवन सिंकेमानको कर्नर प्रहारमा फेमीले थ्रीस्टारका लागि निर्णायक गोल गरे । यद्यपी खेलको अन्तिम मिनेटमा दोहोरो पहँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

Leave a Reply

Your email address will not be published.