झाँडीमा नवजात शिशुको शव

गोलबजार- सिरहाको दक्षिणवर्ती गाविस मझौरामा एक नवजात शिशुको शव फेला परेको छ। मझौरा गाविस– ३ स्थित पोखरीको झाँडीमा नवजात शिशुको शव फेला परेको हो। वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाका अनुसार नवजात शिशुको शव हिजो साँझ नै फेला परे पनि कसको हो भनी खुल्न सकेका छैन। शिशु फाल्ने महिलाको खोजी भइरहेको प्रहरी निरीक्षक खतिवडाले बताए। रासस

Leave a Reply

Your email address will not be published.